हवाई उडान तत्काल नरोक्ने सरकारको निर्णय

फाइल तस्बिर

वैशाख १३, काठमाडौ । सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको कुराहरूलाई केही परिमार्जन गर्दै पारित गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

कोरोना रोकथामका विषयमा केन्द्रित आजको बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि यसअघि वैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनारए सञ्चालन गर्न पाउने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए।

यस्तै आजको बैठकले बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरू र ५०० संक्रमित नाघेका सहरी जिल्लामा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसीलाई) अधिकार दिने निर्णयसमेत गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ। विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ।

१३ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको