बिहीबारबाट के गर्न पाइने के नपाइने ? जिल्ला प्रशासनले जारी गर्‍यो यस्तो आदेश

फाइल तस्बिर

वैशाख १३, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

तर अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छैन ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा संचालन गर्न पाइने तीन जिल्लाको निर्णय छ ।

सो अवधिभर सार्वजनिक एवं नीजि सवारी साधन संचालनमा रोक लगाएको हो । यस्तै यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने तीन जिल्लाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यो आदेश वैसाख २२ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ । आदेश उल्लंघन गरेमा प्रचलित कानून अनुसा रकारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

१३ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको