सल्यानबाट दाङ झरेका भाेलारामकाे मृत्यु: घर नहुँदा १२ वर्षीया छाेरीले मन्दिरमा कृया गर्दै


बैशाख १३, सल्यान । सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए ।

भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्रजापात भयाे ।

पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टिप्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दुर्घटनामा परेर उनकाे मृत्यु भयाे । उनकाे मृत्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बिचल्ली भएकाे छ ।

१२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृया गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे । उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लाग्ने सबै शुल्क निशुल्क गरेकाे छ ।

पाल्पाबाट भाेलारामकाे शव दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे निधन भैसकेपछि घर नभएकाे अवस्थामा अब याे परिवारमा ठुलाे समस्या परेकाे छिमेकी सुवर्ण याेगीले बताए ।

उनलाइ सहयाेग गर्न चाहानेले श्रीमती साेभा बाेहराकाे एभरेष्ट बैंक लिमिटेडमा रहेकाे खाता नम्बर ०३३००५०१२१०३४१ मा सहयाेग गर्न सक्ने र ९८१०९५१५७८ र ९७४२२३०२२६ मा सम्पर्क गर्न सकिन्छ ।

१३ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको