दाङमा वडाध्यक्षकी श्रीमतीको कोरोना संक्रमण पुष्टि भएकै दिनमा मृत्यु

फाइल तस्बिर

बैशाख १३, दाङ । काेराेना संक्रमण पुष्टि भएकाे दिन नै दाङमा वडाध्यक्षकी श्रीमतीको निधन भएको छ।

जिल्लाकाे बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर ओलीकी ३९ वर्षीया श्रीमतीको मृत्यु भएको बबई गाउँपालिका कोभिड–१९ फोकल पर्सन शरद गिरीले जानकारी दिएका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचारको क्रममा आइतबार साँझ निधन भएको हाे । उनलाइ आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाइ उपचारका लागि शनिबार दाङबाट नेपालगञ्ज लगिएको थियो ।

त्यस्तै आईतबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ५७ वर्षीय पुरुषको सवा ११ बजेको समयमा काेराेनाबाट मृत्यु भएको छ।

उनि कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत थिए । उनलाई यही बैशाख २ गते कोरोना पुष्टि भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।

१३ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको