महिला लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउलान् शेयर ?


फागुन १२, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) (आज) शुक्रवार बाँडफाँड हुने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान ८ बजे हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड हुने जनाएको हो ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

जसमध्ये ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

यस मध्येमा ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ पाउनेछन् । सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुने बताइएको छ ।

१४ फाल्गुन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको