आफु सिद्दिने भएपछी प्रधानमन्त्री ओलीले अन्तिम घडीमा नागरिकमाथि दमन गर्दैछन : पौडेल


माघ १३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको कडा शब्दमा आलोचना गरेका छन् ।

बालुवाटारमा नागरिकहरूमाथि सोमबार प्रहरीले गरेको बल प्रयोगबारे नेता पौडेलले भनेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो ।’

वरिष्ठ नेता पौडेलले नागरिकको आन्दोलनप्रति आफ्नो साथ र समर्थन रहेको समेत उल्लेख गरेका छन् । ‘तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिगमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र समर्थन रहनेछ’ पौडेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको प्रष्ट भएको वरिष्ठ नेता पौडेलको टिप्पणी छ । उनले लेखेका छन्, ‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटाार बाहिर भएको शान्तिपूर्ण भेलामा सहभागी नागरिकमाथि प्रहरीले अन्धाधुन्द लाठी, पानीको फोहोरा हानेको थियो । प्रहरीको कुटाईबाट संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई, निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी लगायत घाइते भएका थिए ।

 

१३ माघ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको