पाल्पामा रहेको एमसीएको कार्यालय तत्काल हटाउन विप्लव नेकपाको चेतावनी


कात्तिक ८, पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी एमसीसी परियोजना अन्तर्गत निर्माण भएको एमसीएको कार्यालय हटाउन चेतावनी दिएको छ ।

आज पाल्पाको रामपुरमा रहेको एमसीएको शाखा कार्यालयमा पुगेर सो पार्टी निकट मगर मुक्ति मोर्चा, नेपालका महासचिव यर्नार्जन र नेकपाका पाल्पा जिल्ला सचिवालय सदस्य लगायतको समूहले एमसीए कार्यालयका शाखा प्रमुख संगीता नेपाललाई तुरुन्तै कार्यालय हटाउन माग गरिएको पत्र बुझाएको हो ।

पत्रमा एमसीसी परियोजना विवादमा रहेको र नेपाली जनताले अस्वीकार गरेको अवस्थामा प्रपञ्च रचेर अगाडि बढ्न खोजिएको समेत बताइएको छ । देश र जनताको हितको विरुद्धमा र विवादित रहेको अवस्थामा कार्यालय खोलिनु नेपालको राष्ट्रियता विपरीत भएको समेत सो पार्टीका नेताहरुले बताएका छन् ।

उपस्थित नेताहरुले यस्तो अवस्थामा कार्यालय खोलिनु, रहनु र अटेरी गरिनुमा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर आपत्ति सहित तुरुन्तै उक्त कार्यालय हटाएर उक्त कार्यमा संलग्न नेपाली कर्मचारीहरु समेत नेपाली राष्ट्रियताको पक्षमा लाग्न समेत अपिल गरेका छन् । साथै नेकपाका नेताहरुले यदि यस कार्यलाई अटेरी गरेमा गम्भीर परिणाम निस्कने चेतावनी समेत दिए ।

हेर्नुस विज्ञप्ति

८ कार्तिक २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको