सर्वोच्च बारले पनि भन्यो- प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ

फाइल तस्बीर

कात्तिक ८, काठमाडौँ । सर्वोच्च अदालत बार एसोशियसनले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार दिउँसो सल्लाहकारसँगको छलफलपछि बसेको सर्वोच्च अदालतल बार एसोसियशनको बैठकले जबराले निकास दिएर अघि बढ्नुपर्ने निर्णय लिएको हो।

‘अहिलेको समस्या समाधानको एक मात्र उपाय भनेको प्रधानन्यायाधीशले निकास दिने हो’, सर्वोच्च बारकी सदस्य अमिता गौतम पौडेलले भनिन्, ‘हामी गरेको यही निर्णयानुसार मंगलबार प्रधानन्यायाधीशलाई भेट्दैछौँ।’

उनका अनुसार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीले मंगलबार प्रधानन्यायाधीशलाई भेटेर निकासका लागि आग्रह गर्ने भएका हुन्।

दुवै बार र १४ न्यायाधीशसमेत विपक्षमा उभिएपछि प्रधानन्यायाधीश संकटमा परेका छन्। उनले सोमबारका लागि डाकेको ‘फुल कोर्ट’ पनि राख्न सकेनन्।

तीनै पक्षले जबराले राजीनामा दिएर अहिलेको गतिरोध टुंग्याउनुपर्ने मत बनाएका हुन्। यसअघि पूर्वन्यायाधीशहरुको संगठनले पनि जबराले राजीनामा दिनुपर्ने मत सार्वजनिक गरिसेकको छ।

८ कार्तिक २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको