८० लाख युवा खाडीको ५५ डिग्रीको तातोमा पलायन हुँदा दु:ख मानेन ?


लक्ष्मण चौलागाईं विद्रोही
जीवको हत्या गर्दा जीव मर्छ तर विचारको हत्या गर्दा विचार मर्दैन । यसकारण प्रत्येक मानव सँग विचार भएको हो । यसकारण प्रत्येक प्राणीको स्वभाव देखिएको हो । सृष्टि प्रत्येक फरक फरक चराको एउटै विशेषता, प्रत्येक किराका उस्तै खजाना पढ्न पाइएको हो ।

धर्तीले हामीलाई असाध्यै पढाइरहेको हुन्छ यसैले हाम्रो जीवन विश्वविद्यालय हो । प्रत्येक वस्तुका दिनहुका विशेषता जस्तै पृथ्वी पनि अनवरत घुमिरहेको छ । कसले घुमाइरहेको छ यो पृथ्वीलाई ? त्यहाँ चन्द्रमा उस्तै हुन्छ उस्तै समयमा उस्तै तिथिमा आउँछ, कहिले औंसी त कहिले पूर्णिमा लिएर । कहिले उ आउंदै आउदैन ।

पृथ्वी, सुर्य, चन्द्रमा लगायात उहीँ दुरिमा रहेका नफेरिएका करोडौं तारा मन्डलका उदय अस्त, अनी नयाँ तारा धेरै धेरै वर्षपछी प्रकट भएका लामपुछ्रे तारा सबैले सहि ड्युटी गरिरहेका छन् । तर हामी ड्युटी खोजिरहेका छौं । ड्युटीको विकल्प खाडीको विकल्प जन्मन्छ अनि हरियो पासपोर्टको खोजी, पैसाको जोहो, रेमिटेन्सको रगतले हस्ताक्षर गर्दै जहाज चढेर जानुपर्छ । कोहि जिवित त कोहि मृत फर्किनुपर्छ । डरलाग्दा सास्तीहरुबाट आएका नेपालीको चिन्ता गर आजका जनताका नेताहरुले तर एउटा दलबाट दुई चार नेता आफ्नो पार्टीमा आउदा खुसी हुने यो सेटिङ तन्त्रका नेतामा ८० लाख युवा खाडीको ५५° तातोमा पलायन हुदा चिन्ता गरेन । कारण जसरी सुर्यले ड्युटि गरयो, जसरी चन्द्रमा, ग्रह र पृथ्वीले ड्युटि गरयो, हाम्रो नयाँ तन्त्रले ड्युटीको सिस्टम फलो गरेन । गरयो त केवल सेटिङ्को फलो । विडम्बनाका जुरे पहिराहरुमा सहिद दिवस मनाउदा पनि सहिद रुन्छन् होला ।

म त जम्मा यति रकम कमाउन चाहन्छु कि जति रकम मेरो मृत्युमा आर्यघाटमा चिता किनेर जल्नलाई पुगोस् ! बस् ! आर्यघाट सम्म पुग्ने जति रकम भएन भने त्यो चाहिँ गरिब हो । जबसम म स्वस्थ रहन्छु म खर्बपती सरह ठान्छु मलाई । गर्भमा आएको नवजात शिशुको भ्रुण नै ५२००० को ऋणी बनाएर ७ तारे होटल जत्रो बंगालो बनाउने शासक र महलमा निदाइराखेको उपलब्धिलाई चाहिँ मैले असाध्यै गरिब ठान्छु । १ दलबाट अर्को दलमा ४ जना मान्छे नेता भएर आउदा खुसी हुने यो सेटिङतन्त्रले ८० लाख युवा खाडीको ५५ डिग्रीको तातोमा पलायन हुँदा दु:ख मानेन ?

९ आश्विन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको