नेपाल मगर संघ जापानको महाधिवेशन १० अक्टुबरमा


२५, सेप्टेम्बर २०२१, जापान । नेपाल मगर संघ जापान केन्द्रिय समितिको २०औं अधिवेशन यही २०२१ अक्टुबर १० तारिख आईतबार को दिन हुने भएको छ । २०१८ मा भएको ऐतिहासिक एकता सहितको १९ औं महाधिवेशनले नविन थापा मगर को अध्यक्षतामा कार्यमिति गठन भएको थियो । जसनुसार २०२० मा महाधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरीनु पर्नेमा कोभिड १९ को कारण पटक पटक सर्दै आउँदा करीब एक बर्ष ढिलो हुन पुगेको हो ।

टोक्यो स्थित रोयलगार्डेन रेष्टुरेण्टमा आयोजना हुने उक्त महाधिवेशनमा सबै क्षेत्रिय समितिहरुबाट अतिथि तथा प्रतिनिधिहरु आउँने छन् । महाधिवेशनको निर्वाचन मण्डल संयोजक संघका सल्लाहकार थानु राना मगर रहेका छन् भने विधान संशोधन समितिका संयोजक अर्का सल्लाहकार लक्ष्मण घर्ति मगर रहेका छन् । विधान संशोधन समितिमा कौडा बुढा मगर, थानु राना मगर र संयोजक लक्षमण घर्ति मगर गरी ३ जनाको समिति रहेको छ ।

आसन्न महाधिवेशन बाट अध्यक्षमा आउँन चाहानेहरु ओम काउछा मगर र रित राना मगर दुईजना रहे पनि शुक्रवार छलफल गर्दा ओम काउछा मगर को नाममा सहमति जुतेको बताईएको छ । ओम वर्तमान प्रवक्ता हुन भने रित निवर्तमान कान्तो क्षेत्रिय समितिका संयोजक हुन ।

९ आश्विन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको