असोज ९, काठमाडौँ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले आज (शनिबार) दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसम परिवर्तन भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस