ग्राण्डीका ‘बेस्ट डाक्टर’को मेडिकल लाइसेन्स नक्कली !


साउन १०, काठमाडौँ । राजधानीको एक चर्चित अस्पतालमा काम गरेर ‘बेस्ट डाक्टर’को अवार्डसमेत पाएका विजय श्याम रन्जितको मेडिकल लाइसेन्स नक्कली भएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गरेको छ। रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका-२ ठेगाना भएका ३६ वर्षीय रन्जितले कीर्ते गरी नेपाल मेडिकल काउन्सिल-एनएमसीको लाइसेन्स बनाएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार रन्जितले सन् २०१२ मा एनएमसीमा लाइसेन्सका लागि परिक्षा दिएपनि फेल भएपछि सोही वर्ष काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रमा छाप र दस्तखत कीर्ते गरी लाइसेन्स निकालेका थिए।

उनले उक्त प्रमाणपत्रका आधारमा काठमाडौंको ग्राण्डी अस्पतालमा काम गरेका थिए। कागजात किर्ते भएको हल्ला चलेपछि रंजित फरार भएका थिए।

चीनबाट एमबीबीएस अध्ययन पूरा गरेका रन्जितलाई २०७०/७१ मा ग्राण्डी अस्पतालले वर्षकै सर्वोत्कृष्ट डाक्टर घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

१० श्रावण २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको