असार ११, काठमाडौँ । शुक्रबार देशभर कोरोना संक्रमण बाट थप २७ जनाको मृत्यु भएको छ । याे सहित काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ८ हजार ९४५ पुगेकाे छ।
यस्तै पछिल्लो चौबीस घन्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३०८, ललितपुरका ७६ तथा भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत चौबीस घन्टामा ५ हजार ४ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन्। गत चौबीस घन्टामा ९ हजार ५ सय ८६ पीसीआर तथा ४ हजार ७ सय ६५ एन्टिजेन परीक्षण भएको छ।
प्रतिक्रिया दिनुहोस