हे ! मानवरुपि दानव !


महोदय !
जितमा बधाईको आँसु झरेको छ ।
दिनहुँ जनताले जीवन
अकालमा नै गुमाउनु परेको छ।

जनताको चित्कारलाई
निषेधाज्ञा लगाएर
मालिककै आदेशमा
हलीले गोरु नारेको छ ।

गरिबलाई छैन बेड,
अक्सिजन र दबाइ ,
अभाबकै बिचमा झन्
भोकले हैरान पारेको छ।

कति सम्म निच रहेछस्
हे! मानवरुपि दानव ।
जनताको लासमाथी
पैसाको खेल खेलिरहेछस् ।

महोदय !
इतिहासको कठघरामा उभिएर
के जवाफ दिन्छौ ?
हो मैले जनताको लागि होइन,
जनतामाथि राजनिती गरे भन्छौ ?

११ जेष्ठ २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको