सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन: प्रवक्ता ज्ञवाली

फाइल तस्बिर

बैशाख १२, काठमाडौं । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन्।

‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुस् मात्रै भन्छौं,’ उनले सत्तारुढ दल एमालेको बैठकपछि भने, ‘लकडाउनले केहि दिनका लागि चेनब्रेक मात्र गर्छ, यसले धकेल्ने मात्र हो र आफैंमा समाधान होइन।’

अर्थतन्त्र पनि भर्खर तङरिन लागिरहेको हुँदा सकभर अर्थतन्त्र र मानिसहरुको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए।

‘हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्छ र त्यो स्थानीय तहमा मात्र हुन्छ, देशव्यापी होइन,’ ज्ञवालीले भने।

१२ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको