नेकपाको नाम विवादमा सर्वोच्चले फागुन २० मा फैसला सुनाउने

फाइल तस्बिर

फागुन १३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय दिने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले दिएको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ गरिरहेको थियो ।

उक्त रिटमाथि बहस सकिएपछि इजलासबाट फागुन २० गते निर्णय सुनाउने दिन तोकेको सर्वोच्च अदातलका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

आयोगले कट्टेलको पार्टीसँग नाम मिले पनि कोष्टकभित्र नेकपा लेख्ने गरी नयाँ दललाई मान्यता दिएको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए ।

१३ फाल्गुन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको