कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यदव विजयी


पुस ९, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन्। कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णले कांग्रेस प्रदेश २ काे संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै पहिलाे प्रदेश सभापति बनेका हुन्।

कृष्णले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए। सभापति विजयी उनले ९९६ मत पाए। उनका प्रतिद्वन्द्वी रामसरोजले ८५५ मत प्राप्त गरेका छन्। चुनावमा १८८१ मत खसेको थियो।

विमलेन्द्र निधि पक्षबाट रामसरोज उम्मेदवार बनेका थिए। उनलाई डा शेखर कोइराला पक्षले पनि समर्थन गरेको थियो।

सभापतिमा निर्वाचित भएका कृष्णले संचारकर्मीसँग कुराकानी गर्दै सबैलाई समेटेर अगाडि बढने बताए। पार्टी बलियो बनाउने र आउने चुनावमा जीत दिलाउने गरी काम गर्ने उनको भनाइ थियो।

प्रदेश कार्यसमितिका अन्य पदको मतगणना आजै सुरु हुने निर्वाचन समितिले जनाएको छ।

९ पुष २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको