एकीकृत जनक्रान्तिलाई स्वीकार गरि संसदीय व्यवस्था त्यागे मात्र प्रचण्डसँग पार्टी एकता: आदर्श


मङ्सिर ८, काभ्रे । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले प्रचण्डले नेपाली क्रान्तिलाई धोका दिएपछि क्रान्तिलाई निरन्तरता दिन र शहिदका सपना पूरा गर्न उद्घोष गरेको आज विशेष दिन भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रेले आठौं पार्टी पुनर्गठन दिवस तथा २१औं जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको पिकनिक कार्यक्रममा शुभकामना मन्तव्य दिँदै आदर्शले सो कुरा बताएका हुन् ।

उनले भने- ‘विचलनकारीहरुबाट विद्रोह गरेको आज ७ बर्ष पुरा भई ८ बर्षमा लागेको छ, एकीकृत जनक्रान्तिको कार्यदिशाले गति लिएपछि राजनीतिक, सांगठनिक, विचार र सिद्दान्तमा पार्टीले नयाँ छलांग मारेको छ, पार्टीलाई नयाँ ढंगले स्थापित गरेको छ, यो नेपाल र सर्वहारा जनताको लागि खुशीको कुरा हो,’ ।

एक अर्को प्रसंगमा नेता आदर्शले माओबादी केन्द्र र नेकपाविचको एकता हल्ला भ्रमपूर्ण प्रचार भएको भन्दै यस्तो भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् ।

उनले सामान्य भेटघाट, छलफललाई अतिरन्जित पारि पार्टी एकताको भ्रम छरेर कार्यकर्ता र जनतालाई भ्रममा पर्ने कोसिस गरिएको बताए । राजनीतिक रुपमा कम्जोर भएका, विचार र सिद्दान्तबाट विचलित भएकाहरुले पार्टी एकताको भ्रम छरेर नालायकीपन देखाएको बताए ।

उनले भने- ‘एकता विरोधी हामी छैनौ, प्रचण्डहरुले हाम्रो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिलाई मान्ने र संसदीय व्यवस्थाबाट अलग भए मात्र प्रचण्डसग एकताको कुरा अगाडी बढ्न सक्छ, अन्यथा यो कल्पना बाहिरको कुरा हो, त्यहि डुङडुङति गन्हाउने असफल भैसकेको दलाल संसदीय व्यवस्थामा चुर्लुम्म डुबेकाहरुले पार्टी एकताको कुरा गरेको सुहाउदैन, यो राम्रोसंग बुझ्न जरुरि छ ।’,

यस्तै नेता आदर्शले २०३६ सालमा राजा बिरेन्द्रले जनमत संग्रह घोषणा गरेको तर अहिलेको दलाल पुजिवादी संसदीय व्यवस्थाको नेतृत्व गरेका दलहरुले दरवारियाहरुसम्मको हैसियत राख्न नसकेको बताए । उनले दलाल संसदीय व्यवस्था फेल भैसकेको अवस्थामा बैज्ञानिक समाजवाद कि दलाल पुजिवादी संसदीय व्यवस्था भन्ने विषयमा जनमत संग्रह गर्दा आफुहरु पत्तासाफ हुने डरले थुरथुर कामिरहेको बताए । संसदीय व्यवस्था पूर्ण रुपमा फेल भैसकेकाले एकीकृत जनाक्रन्न्तिको कार्यदिशा र बैज्ञानिक समाजवादको कार्यक्रममा प्रतिबद्द हुन नेता कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनतालाई उनले आवहान समेत गरे ।

आफु कुर्चीमा बस्दा एमसीसी पास गर्छौ भन्ने तर सत्ताबाहिर हुँदा एमसीसी पास गर्न हुँदैन भन्ने नेपालका नेताहरुको चरित्र देखीएकाले नेताहरु अर्काको दलाली गर्ने, लोभलालचमा फस्ने, देश र जनताप्रति पूर्ण जिम्मेवारी नभएको प्रष्ट देखिएको उनको भनाई थियो । उनले एमसीसी लागु भए देश नै भडखालोमा जाने भएकाले नेकपाले त्यसलाई नेपालमा कुनैपनि हालतमा लागु हुन नदिने बताए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य तथा काभे जिल्ला जिल्ला इन्चार्ज मोहनलाल चन्द ‘आधार’ले आठौ पार्टी पुनर्गठन दिवसलाई स्मरण गर्दै पार्टीको मूल नेतृत्व, विचार र कार्यदिशालाई जनतासामु लिएर जान नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यसैगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्दीय अध्यक्ष बन्धु चन्दले पुनर्गठन दिवसको शुभकामना मन्तव्य राख्दै महिला मुक्तिको लागि आफु लडिरहने बताईन । उनले नेपाली श्रमिक महिलाको मुक्ति नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्ने भएकाले एकीकृत जनक्रान्तिमा लामबद्द् हुन सबैलाई आग्रह गरिन ।

मजदुर सङ्गठनका अध्यक्ष बिनोद थापा र अखिल क्रान्तिकारिका केन्द्रीय उपध्यक्ष नरेन्द्र विकले शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रमको विचविचमा राजेन्द्रले कविता वाचन गरेका थिए ।

काभ्रे जिल्ला सेक्रेटरी प्रताप लामाले कार्यक्रमको संचालन गरेका थिए भने अध्य्क्षताको सिटआसनपनि आफैले गरेका थिए । पिकनिक कार्यक्रममा सयौको संख्यामाजनता र कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सबैले एकअर्कामा टिका आवरण गरी ८ औँ पार्टी पुनर्गठन दिवसको शुभकामना आदानप्रदानसहित उत्सवको रुपमा खुशीयाली साटासाट गरेका थिए ।

८ मंसिर २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको