सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा

फाइल तस्बीर

कात्तिक ७, काठमाडौं । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन्।

खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ । एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन्।

खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताए। त्यसका लागि एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङ आफैंले खनालसँग केही दिनअघि काठमाडौंमा संवाद गरेका थिए।

एमाले नेता किरण गुरुङसँग सर्वेन्द्र खनाल

उनले चाँडै नै तनहुँको भानु जन्म घर भएका खनाललाई एमालेको सदस्यता दिन लागिएको पनि बताएका छन्। तनहूँका खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन्।

खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन्। दुई क्षेत्र रहेको तनहूँमा खनालको स्थायी घर क्षेत्र नं १ मा पर्छ।

७ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको