दाङ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु


कात्तिक ७, दाङ । सल्यानमा आइतबार बिहान भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का १८ वर्षीय आशिष बस्नेतको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले आइतबार बिहान पौने ८ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी नजिक सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्याप जिप दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परेर मृतक आशिषका भाइ १४ बर्षीय आयुस बस्नेत, सोही ठाउँका २२ बर्षीय मनोज बस्नेत, बागरचौर नगरपालिपका २ का २७ बर्षीया सीता ओली, सोही ठाउँका २८ बर्षीया बबिता रावल र उनको छोरी ११ बर्षीया एसिका रैले घाइते भएका छन्।

घाइतेमध्ये बबिता रावतको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागि राप्ती प्रादेशिक अस्पतालबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी थापाले बताए ।

जिप सडकबाट झन्डै एक सय मिटर तल खस्न पुगेको छ । घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

७ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको