दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा करिब २१ यात्रु घाइते


कात्तिक ७, दाङ । घोराहबिाट तुलसीपुर तर्फ आउँदै गरेको यात्रु बहाक बस आइतबार बेलुका दूर्घटनामा पर्दा करिब २१ यात्रु घाइते भएका छन् । बसले च्यापेका एक जनालाई जेसिबीको साहेताले उद्धार गरिएको छ । उनको अवस्था गम्भीर छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतिपुरमा बेलुका सवा ५ बजेतिर दुर्घटनामा पर्दा सडकदेखि तल खसेर उत्तानो परेको थियो ।

मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्न पुग्दा त्यसमा सवार २०देखि २१ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

एक जना बसले च्यापेका अन्दाजी २२ बर्ष जतिका युवकलाई जेसिबीको सहयोगमा उद्धार गरि उपचारका लागि अस्पताल तर्फ लैजाँदै गरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

घाइते यात्रुले निकै पुरानो बस भएका कारण ब्रेकले काम नगरेर दूर्घटनामा परेको जानकारी दिएका छन् ।

७ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको