सल्यानमा भीरबाट गाडी खस्यो, ६ जना घाइते (नामासहित)


कात्तिक ७, सल्यान । आइतबार बिहानै सल्यानमा डबल क्याप बाेलेराे गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सल्यानको थारमारेबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको भे १ त १८९० नम्बरको डबल क्याप बाेलेराे कपुरकोट गाउँपालिका ३ बनस्पती खोलामा दुर्घटना भएको हाे ।

घाइतेहरुको उद्धार गरेर उपचारको लागि तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । चालककाे पहिचान हुन सकेकाे छैन् ।

घाइते हुनेहरु बागचाैर नगरपालिका १ का रहेकाे प्रहरीले जनाएकाे छ । गाडी भीरबाट करिब एक सय मिटर तल खाेलमा खसेकाे छ ।

यस्ताे छ घाईतेहरुको अवस्था

१) सल्यान बागचौर नगरपालिका १ बस्ने बर्ष १४ का आयुस बस्नेत ( शरिरमा चोट अबस्था बोल्न सक्ने मध्यम)

२) सल्यान बागचौर नगरपालिका १ बस्ने अन्दाजी वर्ष २२ को मनोज बस्नेत खुट्टामा चोट ( अबस्था मध्यम )

३ ) सल्यान बागचौर नगरपालिका १ बस्ने अन्दाजी वर्ष २७ कि सिता ओली ( हात र खुट्टामा चोट अबस्था मध्यम )

४ ) सल्यान बागचौर नगरपालिका १ बस्ने अन्दाजी वर्ष २८ कि बबिता रावल ( मुखमा चोट अबस्था मध्यम )

५ ) बबिता रावलकी छोरी बर्ष ११ कि एसिका रेउले ( सामान्य )

६) नामथर वतन नखुलेको अन्दाजी बर्ष ३५ को पुरुष (बेहोस अबस्था सिरियस )

७ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको