राप्तीमा पशुपंक्षी उपचार केन्द्रको नयाँ भवनबाट सेवा सुरु


भदौ ८, देउखुरी । राप्ती गाउँपालिका पशु सेवा शाखाले आफ्नै नयाँ भवनबाट सेवा सुरु गरेको छ ।

गाउँपालिका अन्तरगत वडा नं ४ को गोपीनालामा नयाँ पशुपंक्षी उपचार केन्द्र भवन निर्माण भएपटि पशुखााले त्यँहीबाट उपचार सुरु गरेको हो ।

पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालले केन्द्रले पशु सेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरि पाँच जना कर्मचारीसहित निशुल्क सेवा दिन सुरु गरेको जानकारी दिए ।

जहाँ पशु पंक्षीको गोवर परीक्षण, आन्तरिक तथा बाहिरी परिजीवीको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भाधारण सेवा, परामर्श सेवासञ्चालन भईरहेको पशु स्वास्थ्य प्रविधिक कमल पुन मगरले बताए ।

त्यस्तै शाखाले हिउँदे र वर्षे घाँसका विउ, बेर्ना वितरण गर्दै आएको छ । पशु सेवा शाखाले छिट्टै आधारभूत प्रयोगशाला सञ्चालन गर्न लागेको प्रमुख रिजालले बताए । शाखाले सिसहनिया बाट समेत सेवा दिदै आएको छ ।

पशु पंक्षिमा लाग्ने सरुवा रोग जस्तै पिपीआर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखिएको भन्दै त्यस्तो समस्या देखिए सम्पर्क गर्न रिजालले पशुपंक्षी पालक किसानलाई आग्रह गरेका छन् ।

त्यस्तै उनले पशु पंक्षी ओसार पसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापडण्ड पुरा गरेको मात्रै पशु पंक्षी खरिद विक्रि तथा ढुवानी गर्न आग्रह गरिएका छन् ।

८ भाद्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको