एमाले फुटाउने अध्यादेश ल्याए आगो बालिन्छ: महेश बस्नेत


साउन ९, काठमाडौं । नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै उनले एमाले फुटाउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका हुन् । उनले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने उल्लेख गरे ।

उनले युथ फोर्स कुनै बौद्धिक समूहको विरुद्धमा खोलिएको संगठन नभएको बताउँदै चावहिलको भट्टीमा बसेर जाँड खाँदै बौद्धिक अराजकता मच्चाउनेका लागि साइबर सेना परिचालन गरेर ठीक ठाउँमा ल्याउने चेतावनी दिए । उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने उद्घोष गरे ।

उनले एमालेका सांसदहरु चोर्ने काम गरिरहे, एमाले अध्यक्षको पुत्ला जलाउने काम गरिरहे, एमाले फुटाउन विपक्षी गठबन्धनसँग मिलेर पार्टी फुटाउने अध्यादेश ल्याएमा माधव नेपाल प्रवृत्तिमाथि लाग्ने उल्लेख गरे । नेता बस्नेतले छिट्टै मधेश युथ फोर्स र महिला युथ फोर्स गठन गर्ने पनि जानकारी गराए ।

९ श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको