गुल्मीका दुबै मृगौला पीडित सिंजालीलाई मगर संसार कोषबाट सहयोग


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ६९औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मगर संसारले यही नंयाँ बर्ष २०७८ सालको अवसरमा राखेको सिपमुलक भिडियो प्रतियोगितामा स्पोन्सरबाट उठेको रकम मध्य पुरस्कार दिएर बचेको रकम मध्येगुल्मी जिल्ला सत्यवटी -४ लिम्घाका दुबै मृगौला पीड़ित तीर्थ बहादुर सिंजाली मगरलाई दश हजार दश रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो । रानाको दुवै मृगौला फेल भएको छ ।

अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने वरिष्ठ-उपाध्यक्षमा हाल जापानमा रहनुभएका बागलुङका राज लमतरी मगर, उपाध्यक्षमा हाल युएईमा रहनु भएका सिंधुलीका एम. बी. मगर, त्यस्तै अर्का उपाध्यक्षमा धादिङका रन्जु मगर हुनुहुन्छ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, अजिशा मगर र प्रदीप घर्ती मगर हुनुहुन्छ ।

 

१० जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको