दाङका २ कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

बैशाख ११, दाङ । दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ ।

शुक्रबार राति ११: ५ बजे उनको मृत्यु भएको अस्पतालका कर्मचारी द्रोर्ण वलीले जानकारी दिए। उनको वैशाख १ गतेदेखि आइसियूमा राखेर उपचार हुँदै आएको थियो।

शुक्रवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौराका ७९ बर्षीय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

११ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको