ग्लोबल आईएमई बैंक सुकिदह शाखाको दादागिरी, एउटै बैंकमा एउटै व्यक्तिका दोहोरो खाता  

आफ्नै शाखाबाट खाता खोल्न बैंकको उर्दी

ग्लोबल आइएमइ बैंक शाखा सुकिदह रोल्पा

बैशाख ११, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा रहेको ग्लोबल आईएमई बैंक सुकीदह शाखाले दादागिरी देखाएको आरोप लागेको छ ।

सामाजिक सुरक्षा भत्ता लिन आफ्नो शाखामै खाता खोल्नुपर्ने अन्यथा सासामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने बताएपछि सेवाग्रहीहरु एकै प्रकृतिको दुई ओटा खाता खोल्न बाध्य भएका छन् ।

ग्लोबल आइएमइ बैंक शाखा सुकिदह रोल्पाको दृश्य ।

आफ्नै शाखाबाट खाता खोल्न बैंकको उर्दी 

ग्लोबल आईएमई बैंकले आफ्नो शाखाबाट अनिवार्य खाता खोल्न सर्वसाधारणलाई उर्दी दिएको छ नत्र सामाजिक सुरक्षा भत्ता नपाइने डर देखाएको छ ।  यति सम्मकि ग्लोबल आईएमई बैंक खाता भएकाहरुलाई आफ्नो शाखाबाट खाता खोल्न उर्दी गर्दै अनेत्र शाखाबाट खोलिएका ग्लोबल आईएमई बैंककै खाताहरु बन्द गर्न भनेको छ ।

गंगादेव गाउँपालिका १ निवासी बिरमा ओलीले एकल महिलाको भत्ता लिन त्यहि नजिकैको ग्लोबल आईएमई बैक लिवाङ शाखा अन्तरगत शाखा रहित बैंकिंङ सेवाबाट खाता खोलिन, तर त्यहि खाता खोलेको चेक लिएर सुकिदह शाखामा पैसा लिन जाँदा बैंकका कर्मचारीले त्यो चेक र खाताले पैसा जम्मा गर्न र निकाल्न नमिल्लने जानकारी दिए । त्यसपछि उनले सुकिदह शाखाबाट त्यस्तै प्रकृतिको अर्को खाता खोल्न बाध्य भईन । र खोलिन पनि ।

हेर्नुस एउटै व्यक्तिका दूइवटा खाता 

एउटा लिवाङ शाखाबाट खोलेको चेक र सुकीदह शाखाबाट खोलेको चेक ।

यसैगरी गंगादेव १ कै बिष्णु विकले आफ्नी छोरा पारस विकको पोषण भत्ता लिनका लागि त्यहि नजिकैको ग्लोबल आईएमई बैक लिवाङ शाखा अन्तरगत शाखा रहित बैंकिंङ सेवाबाट खाता खोलिन, तर त्यहि खाताको चेक लिएर सुकीदह शाखामा जाँदा बैंकका कर्मचारीले आफ्नो शाखाबाटबाहेक अर्को शाखामा खोलेका खातामा पोषण भत्ता जम्मा नहुने जानकारी गराए । त्यसपछि उनले पनि आफ्नो छोराको नाममा सोहि प्रकृतिको अर्को खाता खोल्न बाध्य भईन ।

एउटा लिवाङ शाखाबाट खोलेको चेक र सुकीदह शाखाबाट खोलेको चेक ।

यस्तै गंगादेव १ कै गंगाराम विकले पोषण भत्ता लिनको लागि त्यहिको शाखा रहित बैंकिंङ सेवाबाट लिवाङ शाखा रहेको खाता खोले, तर त्यहि चेक लिएर जाँदा बैंकका कर्मचारीले नहुने जानकारी दिए । उनले पोषण भत्ताको लागि यहिबाट खाता खोले पाइने र अन्यथा पोषण भत्ता उपलब्ध नहुने जानकारी दिएपछी उनि घर फर्किए र अहिलेसम्म उनि अर्को खाता नखोली बसेका छन् । विकले बैंकले आफुलाई मात्र होइन बृद्ध बुढाबुढीहरुलाई पनि धेरै दुख दिएको बताए । उनले भने- ‘हामीलाई मात्र होइन अरुलाई नि धेरै दुख दिइएको छ, यसमा सम्बन्धित निकायको ध्यान जावस ।‘,

यता गंगादेव २ का रमेश डाँगी काठमाडौँमा बस्छन, उनले आफ्नो सानो छोराको पोषण भत्ता लिन काठमाडौको ग्लोबल आईएमई बैंकको कुनै शाखामा गएर खाता खोल्ने योजना बनाए, तर बूझ्दै जाँदा सुकीदह शाखाबाहेक अरु शाखाबाट खोलिएको खातामा पैसा जम्मा नहुने भएपछि उनि खाता नखोली बसेका छन् । उनले भने- ‘म काठमाडौँमा छु ४ सय पोषण भत्ता लिने खाता खोल्न जान आउन कम्तिमा पनि ७/८ हजार खर्च हुन्छ, यसो हेर्दा बार्षिक आउने पोषण भत्ताको डबल खर्च हुने भएपछी म गईन, बैंकले यहाँ खोलेको खातालाई मान्दैन, खाता खोलेर के काम ?’,

यस्तै सुगरको विरामी भएर काठमाडौँमा उपचाररत गंगादेव -३ कि ८४ बर्षिय टिका कुमारी ओलीले करिव १ बर्षदेखि बृद्धा भत्ता नपाएको बताईंन । उनले भनिन- ‘भत्ता त पाइएको थिएन थिएन अहिले त खाता समेत खोल्न रोल्पा आउनुपर्छ नत्र भत्ता पाइन्न भन्ने खबर आएको छ, अब के गर्ने दोधारमा छु ।’, उनले किन हुन्न भनेर वडाअध्यक्ष जलेश कुमार केसीलाई सोध्दा बैंकले नै यस्तै नियम बनाएको छ, हामीले भनेको होइन बैंकले नै यस्तै भनेको छ भन्ने जानकारी दिएको बताईन । उनले भनिन- सुगर पिडित छु रोल्पा गएर कसरी खाता खोलौ ?, नखोलौ भने त्यहि पैसा नि नआउने भयो । हामीले खाता खोल्नलाई रोल्पा नै जाने निर्णय गरेका थियौ तर, बुझ्दै जाँदा रोल्पा नगए पनि काठमाडौँमै ग्लोबल आईएमई बैंकको कुनै पनि शाखामा गएर खाता खोले पैसा पाइन्छ भन्ने सुनेकी छु खै के हो ?’,

के भन्छन वडाध्यक्ष ?

गंगादेव ३ का वडाध्यक्ष जलेश कुमार केसी पनि गाउँपालिकाको निर्देशन नभई बैंकले आफै शुकीदह शाखामै खाता खोल्ने नियम बनाएको बताए । उनले भने- ‘हामीले अन्यत्र खोलेका खातालाई पनि मान्यता दिनुस, पैसा जम्मा गर्दिनुस भनेका छौ शाखा प्रमुख सुगम श्रेष्ठसंग तर उहाहरु मान्नुभएको छैन ।,’

अध्यक्ष केसीले सुकीदह शाखा बाहेक अरु शाखाबाट खोलिएको खातामा कुनैपनि हालतमा पैसा जम्मा गर्न नसकिने जानकारी आफुहरुलाई दिएको बताए । उनले भने- अशक्त र हिड्न नसक्ने भए बैकका कर्मचारी आफै गएर भएपनि खाता खोल्ने, चेक वितरण गर्ने र पैसा वितरण गर्ने तर सुकीदहबाहेक अरु शाखाबाट खोलिएका खातामा पैसा जम्मा नहुने हामीलाई बैकले जानकारी दिएको छ ।,’

यस्तै गंगादेव १ का वडाध्यक्ष अजमत डाँगीले पनि ओतको शाखारहित बैंकिंग सेवाबाट खोलिएका खाताहरुलाई सुकीदह शाखाले मान्यता नदिएका गुनासा धेरै आएको बताए । अध्यक्ष डाँगीले भने- हाम्रा यहिकै बासिन्दा धेरै बैंकसम्बन्धि समस्या लिएर आउनुभयो, सामाजिक सुरक्षा भत्ता लिनकै लागि लिवाङ शाखाबाट खोलिएका खातालाई मान्यता नदिई सुकीदहबाटै खोल्न लगाईयो, यहाँ नजिकै शाखा रहित सेवा छ, यहाँबाट सेवा लिन पाएका छैनन् , गाउँमा धेरैले खाता खोल्ने भनेकै सामाजिक सुरक्षा भत्ता लिनलाई हो, त्यहि सेवा पाएनन् भने शाखारहित सेवा दिन्छौ भनेर बैंकले किन जनतामा भ्रम सिर्जना गर्नु पर्यो ?’,

बैंकिङ प्रणालीले सर्वसाधारणलाई सास्ती 

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बुझ्न अनिवार्य बैकिंङ प्रणाली लागू गरेपछी नागरिकहरुले सास्ती भोगी रहेका छन । बिकट बस्तिहरुमा बैंकहरुले सुबिधा दिन नसक्दा लाइनमा बस्नु पर्ने, बैंक मै स्वयम् ब्यक्ती जानू पर्ने भएपछी वृद्धहरुलाई बोकेर बैंकसम्म लैजानु पर्ने अबस्था रहेको छ । पहिला गाउँमै जनप्रतिनिधिहरुले गर-घरमै गएरा बुझाउने हुँदा सजिलो भएको थियो । तर सामजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नगई दुरुपयोग भएको निष्कर्ष निकाल्दै सरकारले नै बैंकिंग प्रणालीबाट भुकाती गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सोहि निर्देशन अनुसार गंगादेवले ग्लोबल आइएमई बैंकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा दिएको छ ।

गंगादेवमा ग्लोबल आइएमईको शाखा एउटा मात्र हुँदा ३/४  घण्टाको बाटो हिडेर बैंकमा जानु पर्ने र त्यहाँ गएपछि पनि घन्टौ लाइनमा बस्नु पर्ने सास्ती सर्वसाधारणले खेपी रहेका छन् । सेवाग्राहीलाई सेवा दिने सवालमा किन ढिला सुस्ती भएको भनि बैंक कर्मचारीहरुलाई सोध्दा जनशक्ति अभाबको समस्या दर्शाउने गरेका छन् । उनीहरुले बृद्द र असक्तहरुलाई गाउँ गाउँमै गएर सुबिधा दिने भनिए पनि अहिले सम्म सुबिधा प्रदान गर्न सकिरहेका छैनन् ।

रोल्पाको रांक रातामाटा नजिकैबाट खाता खोल्न आएकी ७० बर्षिय बृद्द आमा

खाता खोल्न सुकिदह शाखाको सिन्डिकेट

गंगादेव १ ओतबाट ग्लोबल आईएमई बैक लिवाङ शाखा अन्तरगत शाखा रहित बैंकिंङ सेवा दिईरहेका जगत किरण डिसीले पनि आफुले खोलेका धेरै खाताहरु हुन्न भन्दै एकै प्रकृतिको दोहोरो खाता खोल्न लगाएको बताए । उनले आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नको लागि सुकीदह शाखा प्रमुख सुगम श्रेष्ठले सेवाग्रहीलाई भ्रम पारी दुख दिएको आरोप लगाएका छन् ।

उनले सुकीदह शाखाले सेवाग्रहीलाई दुख दिने नियतले विभिन्न बहानाबाजी गर्दै एकलौटी रुपमा खाता खोल्न सिण्डिकेट लाउन खोजेको बताए । उनले भने- ‘यहि मैले सामाजिक सुरक्षा भत्ताकै लागि भनेर खोलिएका खाताहरु भएन भन्दै यो चेक च्यात्नुस, काम छैन समेत भनेको पाइयो, सेवाग्रहीलाई खाता बन्द गर्न दबाब दिईयो, दोहोरो खाता खोल्न लगाइयो, कतिसम्म कि मैले पुष महिनामा खाता खोलिदिएको थिए, त्यहि प्रकृतिको खाता सुकीदह शाखाले चैत महिनामा खोलिदिएको छ, त्यो मैले तपाईलाई प्रमाण पठाएको छु, हेर्नुहोला । ‘,

यस विषयमा आफुले ग्लोबल आईएमई बैंकको केन्दीय कार्यालयमा पहिलोपटक प्रमाणसहित निबेदन पठाउदा पनि कुनै सुनुवाई नभएको डिसीले बताए । उनले भने- ‘ मैले मातहतका शाखामा यो बिषयमा जानकारी गराए, कुनै समाधान निस्किएन, त्यसपछि मैले केन्दीय कार्यालयमा निबेदन पेश गरे, कुनै सुनुवाई नभएकोजस्तो महसुश गरि फेरी दोस्रो पटक निबेदन पेश गरेको छु, आशा छ यसपाली सुनुवाई हुन्छ कि ?’।

हेर्नुस शाखा रहित बैंकिंङ सेवाका प्रतिनिधि जगत किरण डिसीले ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालयमा पेश गरेको निबेदनहरु

के भन्छ बैंक  ?

यता ग्लोबल आईएमई बैंकका सूचना अधिकारी सुरेन्द्र रेग्मीले सामाजिक सुरक्षा भत्ता लिन देशैभरिका ग्लोबल आईएमई बैंकको जुनसुकै शाखामा खाता खोलेको भएपनि हुने बताए । उनले भने- सामाजिक सुरक्षा भत्ता लिन खाता जहाँ खोल्दा पनि हुन्छ, तर स्थानीय तहले जुन व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने हो त्यसको खाता विवरणसहित बैंकमा दिने हो भने बैंकले त्यसमा जम्मा गर्दिनुपर्ने हुन्छ, सम्बन्धित स्थानीय तहको सम्बन्धित बैंकको शाखामै खाता नखोलेपनि हुन्छ ।‘,

उनले ग्लोबल आईएमई बैंकको एवीवीएस सिस्टमबाट देशैभरीबाट कारोबार गर्ने मिल्ने गरि व्यवस्था गरेको बताए । उनले भने- तपाइँ रुकुममा खाता खोल्नुस, रोल्पामा खोल्नुस, जहाँ खोलेपनि देशैभरिबाट कारोबार गर्न पाउने हाम्रो बैंकको व्यवस्था छ, तर सामाजिक सुरक्षा भत्ताकै लागि भनेर जुनसुकै जिल्लाको शाखाबाट खाता खोल्दा पनि तपाइको सामाजिक सुरक्षाबापत आएको पैसा जम्मा हुन्छ ।‘, उनले एउटै प्रकृतिको दुईओटा खाता खोल्न नमिल्ने बताउदै दुईओटा खाता खोलिएको प्रमाण भए आफुलाई इमेल गर्न आग्रह गरे । यस विषयमा आवश्यक छानविनका लागि सम्बन्धित शाखाबाट जानकारी लिने सूचना अधिकारी रेग्मीले बताए ।

हाम्रो बैंकको जुनसुकै शाखामा खोलिएको खाता भएपनि सामाजिक सुरक्षा भत्ता जम्मा हुन्छ: सुकीदह शाखा प्रमुख श्रेष्ठ

ग्लोबल आईएमई बैंकका सुकीदह शाखा प्रमुख सुगम श्रेष्ठसंग बुझ्दा, उनले ग्लोबल आईएमईको जुनसुकै बैंकको शाखामा खोलिएको खाता भएपनि सामाजिक सुरक्षा भत्ता जम्मा हुने बताए । उनले भने- तपाइँहरुले ग्लोबल आईएमई बैंकको जुनसुकै शाखामा भएपनि खाता खोलेर खाता नम्बर उपलब्ध गराउनुस, हामीले पैसा जम्मा गर्दिन्छौ ।‘,

उनले बाहिर कसले के भन्यो भन्ने कुरा आफुलाइ थाहा नभएको बताए । ‘हामीले त्यसरी हुँदैन भनेर कसैलाई पठाएका पनि छैनौ, कसैको दोहोरो खाता पनि खोलिदिएका छैनौ, खाता बन्द गर्नुस पनि भनेका छैनौ, हामीले स्थानीय तहले पठाएको रेकर्ड अनुसार हामीले विना डकुमेन्ट हामीले खाता खोलिसकेका छौ, त्यस्ता खातालाई हामी आफै घर घरमा गैर प्रमाणित गर्ने डकुमेन्ट लीएर आउछौ, एकजनाको खातामा पैसा जम्मा भएन भने सबैको पैसा जम्मा हुन्न, त्यसैले हामीले खाता खोलेर पैसा जम्मा गर्दीसकेका छौ ‘, उनले भने ।

आफुहरुले खाता खोलेको भएपनि पायक पर्ने शाखामा गएर खाता खोलि आफुहरुलाई खाता नम्बर पठाए त्यसमा जम्मा गर्दिने प्रमुख श्रेष्ठको भनाई छ  ।

उनले ओतबाट शाखा रहित बैंकिंङ सेवा दिईरहेका जगत किरण डिसीले नै आफुहरुले खोलेका खातामा दोहोरो खाता खोलिदिएको बताएका छन् । उनले भने- ‘हामीले खोलेका खातामा ओतको शाखा रहित बैंकिंग सेवाबाट दोहोरो खाता खोलिएको छ, हामीले त स्थानीय तहले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पठाएको डाटाबाट खाता खोलेका हौ, जगत जीले त अझै खाता खोल्दै हुनुहोला, हामीलाई त्यो थाहा हुने कुरा भएन, हामीले त लिवाङ शाखासंग कुरा गर्ने हो त्यहि गर्छौ ।’,

उनले आफुले खोलेको खाता सोहि प्रकृतिकै ओतबाट दोहोरो खाता खोलिएको आरोप लगाएपनि पुष्टि हुन सकेको छैन ।

पोष्टपाटीलाई प्राप्त चेकमा लिवाङ शाखा अन्तरगत शाखारहित बैंकिंङ सेवा दिईरहेका जगत किरण डिसीबाट २०७७/०९/२९ मा खोलिएको खाता सुकीदह शाखाले २०७७/१२/ ११ गते खाता खोलेर चेक बुझाएको छ । शाखारहित बैंकिंङ सेवाबाट खाता खोलिएको करिव ३ महिनापछी सुकीदह शाखाले चेक बुझाएको छ ।

श्रेष्ठले आफुहरुले स्थानीय तह संगै सहमति गरेर अपाङ्ग, अशक्त हिड्न नसक्ने बृद्ध बृद्धा भए गाउमै पुगेर चेक र पैसा वित्तरण गर्ने गरेको बताए । तर बैंकले अहिलेसम्म गाउँमा गएर पैसा र चेक वितरण भने गरेको पाइएको छैन ।

ग्लोबल आइएमइ बैंक शाखा सुकिदह रोल्पा

११ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको