मेलम्चीको पानी एक सातामै धारामा

फाइल तस्बिर

चैत ११, काठमाडौं । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ ।

यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने । कारोबार दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

११ चैत्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको