दाङबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु

सांकेतिक फाइल तस्बिर

फागुन १२, दाङ । बस अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा बस चालक दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १४ बस्ने ४० बर्षिय मोतिराम बुढाथोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार दाङबाट काठमाडौका लागी छुटेको ना ६ ख ५०३५ नम्वरको बस विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर २ घ्युखोला नजिकै गएराती दुर्घटना भएको हो ।

बस आफै अनियन्त्रित भई दुर्घटना हुदा यात्रु सामान्य घाईते भएका थिए भने चालक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

राती भएको दुर्घटनामा यात्रु खासै घाईते नभएको र चालक सम्पर्कमा नभएपछि खोजीकार्य गर्ने क्रममा गाडी देखी झन्डै डेढ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
चालकको शवलाई पोष्टमाटमका लागी अस्पतालमा राखीएको बताईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको