दाङमा लक्करे बाघकाे छालासहित दुइ युवा पक्राउ


फागुन १२, दाङ । लक्करे बाघकाे छाला सहित सल्यानका दुइ युवा दाङबाट पक्राउ परेका छन् ।

सल्यानकाे बागचाैर नगरपालिका वडा नम्बर ९ जलेखर्क डाँगीटाेलका २९ वर्षीय शन्दिप डाँगी र शारदा नगरपालिका वडा नम्बर १५ का इन्द्र बहादुर थापा विकलाइ प्रहरीले बुधबार दाङबाट पक्राउ गरेकाे हाे ।

उनिहरुले शंकास्पद रुपमा रा १ प ८८४७ नं. को मोटरसाईकलमा सल्यानबाट दाङकाे तुलसीपुर तर्फ जाँदै गर्दा तुलसीपुरकाे गाेठीखाेलाबाट प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ परेका उनिहरुले हुँडार जातकाे पहाडमा पाइने लक्करे बाघकाे एउटा छाला झाेलामा लुकाइराखेकाे अवस्थामा प्रहरीले फेला पारेकाे डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्त बहादुर चाैधरीले जानकारी दिए ।

अहिले उक्त बरामद गरिएकाे छाला पशुपंछि विज्ञान शालामा पठाइएकाे उनले बताए । अहिले छाला लक्करे बाघकाे जस्ताे देखिएपनि परिक्षणपछि मात्रै के हाे भन्नेबारे थाहा हुने उनकाे भनाइ छ । उनकाअनुसार छाला हेर्दा हप्तादिन अघि नै हुँडार मारेर निकालेकाे जस्ताे देखिन्छ ।

प्रहरीले उनीहरुलाई सोधपुछ गरी खानतलासी गर्दा उनीहरुको साथबाट कालो झोलामा लुकाई राखेको पुच्छरको भाग देखि टाउँको सम्मको ४ फिट ५ ईन्च लम्बाई १ फिट चौडाई अगाडीको दुबै खुट्टा २ फिट २ ईन्च लम्बाई, पछाडीको दुबै खुट्टाको ३ ईन्च ३ फिट लम्बाई र पेटको भाग एक फिट ११ ईन्च रहेको छ ।

छाला ओसार पसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्रहरीकाअनुसार उनिहरुले उक्त छाला दाङमै १० लाखमा बिक्री गर्न थालेका थिए । पक्राउ परेका बिक र डाँगीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले बताएको छ ।

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको