संसद पुर्नस्थापनापछि नेकपा (क्रान्तिकारी माओवादी)ले निकाल्यो विज्ञप्ति

फाइल तस्बिर

फागुन १२, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुशतावाद तथा फासिवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको ठहर गरेको छ ।

महासचिव मोहन बैद्य किरणले आज विज्ञप्ति जारी गर्दै ओलीको कदम असफल भएको तर राजनीतिक समस्या भने समाधान नहुने जिकिर गरेका छन् ।

विज्ञप्तिमा बैद्यले प्रतिनिधि सभाको पुनःस्थापना वा मध्यावधि निर्वाचन मध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाभित्र चुलिँदै आएका सङ्कटको निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान हुन नसक्ने आफूहरुले भन्दै आएको स्मरण समेत गराएका छन् ।

उनले भनेका छन्,“हाम्रो पार्टी वर्तमान राज्यसत्ता तथा व्यवस्था भित्रको सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि सङ्घीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको ठान्दछ र त्यस निम्ति हाम्रो सङ्घर्ष जारी नै रहने छ ।”

हेर्नुस विज्ञप्ति 

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको