नेपाली जनप्रगतिशील मोर्चा युएईले मनायो २६ औं जनयुद्ध दिवस


पोष्टपाटी युएई । नेपाली जनप्रगतिशील मोर्चा युएईले २६ औं जनयुद्ध दिवस मनाएको छ । दुबईको बरदुबईमा रहेको सिन्धपन्जाबमा दुरी कायम राखेर विप्लव नेतृत्व रहेको नेकपा समर्थक जनप्रगतिशील मोर्चा युएईले जनयुद्ध दिवस मनाएको हो ।

सहिद परिवार समेत रहेका मोर्चाका अध्यक्ष मनोज काउचाको अध्यक्षतामा शुरु भएको जनयुद्ध दिवसमा शहिद परिवारहरु मोहन पून, रुपेश क्षेत्री र भरत बुढाथोकीलाई सम्मान गरेको थियो ।

सहिद परिवारको तर्फबाट भाबुक हुँदै रुपेश क्षेत्रीले आफ्ना मन्तब्य राखेका थिए । रुपेश क्षेत्रीका मामा कुमार पौडेललाई सर्लाहीमा प्रहरीले केहि समय अगाडी मुठभेडको नाममा हत्या गरेको थियो ।

मोर्चाका सल्लाहकार पशुपति खड्का प्रमुख अतिथि रहेको कार्यक्रमको स्वागत मन्तब्य मार्शलको रहेको थियो भने महिला विभागको तर्फबाट प्रेमा सुब्बाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालक मोर्चाका प्रबक्ता अशोक केसीले गरेका थिए ।

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको