पोष्टपाटी, चितवन । नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया तथा इकाई समिति देशा चेम्बर लाङ्गको आयोजनामा मगर संसार फोटो ग्यालरी ग्रुप भित्र ३९ औं मगर एकता दिवसको अवसर पारी आयोजित मगर एकता दिवस र यसको महत्व बारे वक्तृत्वकला प्रतियोगिता २०७७ मा बागलुङ जिल्ला बडिगाड १ हाल बुटवल निवासी बिपना दर्लामी मगरले प्रथम स्थान हात पार्न सफल भएका छन् । त्यस्तै दोस्रो स्थानमा गोरखाका सारदा राना मगर, तेस्रोमा पूर्व रुकुमका सनम बुढा मगर र सान्त्वनामा दाङका बन्धना घर्ती मगरले जितेका थिए । फाल्गुन २ गते देखी फाल्गुन ७ गते सम्म खेलाईएको प्रतियोगिताको नतिजा भने फाल्गुन ९ गते सार्बजनिक गरेको थियो ।
भिडियोमा प्राप्त लाइक र जजको ५०/५० प्रतिशत मूल्यांकनको आधारमा नतिजा सार्बजनिक गरिएको थियो । १२ बर्ष भन्दा माथिका उमेर समूह सहभागी रहेको प्रतियोगितामा विश्व भरी बाट १६ जनाको सहभागिता रहेको थियो । नतीजाको लागि मूल्यांकन समितीमा संचारकर्मी श्याम राना मगर, नेपाल मगर सांस्कृतिक संघ अध्यक्ष कविराज मगर र इराधा झाँक्री मगर (मापा) रहेका थिए ।
प्रतिक्रिया दिनुहोस