प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य शर्मा र जनपत्रकार संगठनका केन्द्रिय संयोजक बिक रिहाई


माघ ११ , काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता तथा पोलिटव्यूरो सदस्य अनिल शर्मा ‘बिरही’ रिहा भएका छन् । आइतबार (आज) बेलुका मोरङ जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहाई भएका हुन् ।

प्रतिबन्धित नेकपाका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले उपचारको क्रममा अस्पतालबाट मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेको थियो।

विभिन्न समयमा रिहाई भएका शर्मालाई पुनः पक्राउ गर्दै धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर जिल्लाका हिरासतमा लिएको थियो ।

त्यसैगरी जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर बिक ‘दर्शन’ रिहा भएका छन् । काठमाडौंको नारायणगोपाल चोकबाट पक्राउ परेका बिकलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा गरेको हो ।

सांगठनिक कामको शिलशीलामा राष्ट्रिय अनुसन्धान विभागको टोलीले उनलाई पुस २० गते पक्राउ गरेको थियो । केही समय महानगरीय प्रहरी बृत महाराजगञ्जको हिरासतमा रहेका उनलाई जिल्ला प्रशासन कार्यलय काठमाडौंले साधारण तारिखमा रिहा गरे लगत्तै उनलाई प्रहरीले आछाम जिल्ला पुर्याएको थियो ।

अछाम जिल्लाको हिरासतमा रहेको उनलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा गरेका हुन् ।

११ माघ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको