हरियाली साना किसान कृषि सहकारी संस्था गंगादेवको दोश्रो साधारण सभा सम्पन्न [फिचर सहित)


माघ ११, रोल्पा । हरियाली साना किसान कृषि सहकारी संस्था लि. गंगादेव २ रोल्पाको साधारण सभा शनिबार सम्पन्न भएको छ । २०७६ मा भएको प्रारम्भिक साधारण सभाबाट परिक्षणका रुपमा सुचारु भएको संस्थाले दोश्रो बार्षिक साधारण सभा गरेको हो ।

७२ समुह संख्या रहेको हरियाली साना किसान कृषि सहकारी संस्थामा ४ सय ४४ सदस्य संख्या रहेको छ । जसमध्य ३ सय २१ बहुसंख्यक महिला सदस्यहरु सहभागी रहेका छन् ।

संस्थाले २०७७ कार्तिक मसान्तसम्म ३ लाख ८६ हजार ९ सय ५० कुल कर्जा लगानी गरेको छ भने नगत ६ लाख २ हजार ३ सय ७९ कारोबार गरेको छ । संस्थाको सम्पतितर्फ र दायित्व तर्फ जम्मा पुजा लागत ४४ लाख ९५ हजार ५ सय ७८ कारोबार गरेको छ ।

३ बर्षे बृहत कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्ष २०७७/०७८ मा समूह संख्या बढाएर ८५, सदस्य संख्या ६ सय बढाउने र आन्तरिक पुजीको बढावा सहित विभिन्न  तालिमहरु प्रदान गर्ने छ भने २०७८/०७९ मा सदस्य संख्या ८ सय ६३ पुर्याउने लक्ष्य लिएको छ ।

तिनबर्ष भित्र शेयर रकम २७ लाख ९० हजार पुर्याउने र बचत रकम १ करोड १६ लाख पुर्याउने लक्ष्य लिएको छ ।

कृषि तर्फ साना किसानका लागि बाख्रा र भैसी पालन, स्याउ र आलु खेतिमा ८० लाख लगानी गर्ने योजना रहेको छ । त्यस्तै साना किसान बैंकबाट ९० लाख कर्जा लिने र सहकारीमा मुनाफा ५ लाख पुर्याउने उदेश्य लिएको छ ।

रायो र केराउको बिउ उत्पादन, सिलाई कटाई, फलफुल, तरकारी खेति बिषयमा तालिमको ब्यबस्था गर्ने भएको छ । किसानहरुका लागि पशु धन शुरक्षण कार्यक्रम संचालन गर्ने जनाएको छ । सहकारीमा आबद्द सदस्यहरुले पालेका पशुहरुको लागत संकलन गरि संख्यामा बृदि गर्ने भएको छ ।

हरियाली साना किसान कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा गंगादेव गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष राम बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा जिल्ला समन्वय समितिका सदस्य लोकमान ओली रहेका थिए भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिका उपप्रमुख रिता घर्ति रहेकी थिइन् ।

त्यसैगरि, वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, अन्तर जिल्ला वा प्रदेशबाट सहकारी संस्थाको प्रतिनिधिहरु, स्थानीय बुद्दिजिबिहरु सहित शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संस्थाका प्रबन्धक निर्देशक बिष्णु खड्काले सहजीकरण गरेका थिए । साधारण सभामा उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।

११ माघ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको