फेसबुकको माध्यमबाट शिक्षक शान्ति रानामगरले सहयोग उठाएर गरे मृगौला पीडितलाई रू.१,५६,१७१ सहयोग


२०७७ माघ १०/ पोष्टपाटी स्याङ्जा । स्याङजा जिल्ला बिरुवा गाउपालिका -७ सुरुङ निवासी शिक्षिका तथा मगर संसार फोटो ग्यालरीका एडमीन/भाषिक उपाध्यक्ष शान्ति राना मगरले मिर्गौला पिडितलाई सहयोग संकलन गरेर हस्तान्तरण गरेकी छिन् । आफ्नै गाउको स्कूल पढ्दाको साथी दुबै मृगौला पीड़ित दुर्गबहादुर नेपालीलाई समाजिक सञ्जाल फेसबुकको माध्यमबाट सहयोग रकम संकलन गरी उपचारको क्रममा चितवन भरतपुरमा रहेका नेपालीलाई भरतपुरमै पुगी उठेको जम्मा रकम रू.१,५६,१७१/- सहयोग रकम हस्तांतरण गरेकी हुन् ।

अभियन्ता शान्ति राना मगरले आफ्नो फेसबुकमा साथिको दुख र पिडा सहन नसकी नेपालीलाई बचाई दिनु भनी सहयोग अपील गरेको र फेसबुकका साथीहरुले आफ्नो अपीललाई स्वीकार गरी सहयोग गरेकोमा सम्पूर्ण सहयोगी मनहरुमा धन्यवाद दिएकी छिन् ।
शान्ति राना दु:खमा आफ्नो कार्यब्यस्तता र पीडालाई थाती राखी समाज र दुखमा साथ दिने एउटा कुशल अभियंता पनि हुन् ।

सहयोगीहरुको नामावली र सहयोग रकम :

११ माघ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको