दाङमा टाटा सुमो दूर्घटना हुँदा ८ जना घाइते [नामसहित]


कात्तिक ६, दाङ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङ लमहीस्थित अर्जुन खोला नजिकै टाटा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन । घाइते मध्य सात जना प्यूठानका छन भने एक जना दाङ लमहीका छन् ।

घाइतेहुनेहरुमा प्युठानको प्युठान नगरपालिका वडा नं. ५ की ५३ बर्षीया दिलसरा राना, १३ बर्षीया रबिना घर्ती, २२ बर्षीया कुमारी राना, प्यूठान ३ का आरोप खड्का, २२ बर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ बर्षीय गणेश घर्ती, ८ बर्षीय बिजय घर्ती मगर रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

उक्त दूर्घटनामा परि दाङको लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी ३६ बर्षीय तुलसीराम न्यौपाने पनि घाइते भएका छन् । गाडीमा १२ जना सवार मध्य चार जना घाइतेको अवस्था मध्यम, चार जना सामान्ने र चार जनालाई केहीपनि नभएको को जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

घाइतेहरुको लमही र घोराहीका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ५३ बर्षीय दिलसरा रानाको अवस्था अलि जटिल रहेको हुँदा बाहिरी जिल्ला पठाउने तयारी भइरहेको भन्ने जानकारी अस्पतालले दिएको छ । गाडी चालक प्यूठान नगरपालिका वडा नं. ६ का २५ बर्षीय ऋषिराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्यूठानबाट दाङको सतबरिया तर्फ आउँदै गरेका उनीहरु सवार रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पौने १ बजेतिर लमही नगरपालिका वडा नम्बर ७ अर्जुन खोला नजिकै अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्यूठानबाट सतबरीयामा जग्गा हेर्न भनेर आइरहेका उनीहरु सवार गाडी तीब्र गतिका कारण दूर्घटनामा परेको प्रहरीले जनाएको छ ।

६ कार्तिक २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको