दाङमा १२ जुवाडे यसरी परे प्रहरीको फन्दामा [नामसहित]

सांकेतिक फाइल तस्बिर

असोज ७, दाङ । दाङमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्वारी टोलमा रहेको परसरा नास्ता तथा खाजा घरबाट जुवा खेलिरहेको अवस्था नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द रिजालका अनुसार पक्राउ पर्नेमा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ९ निवासी ३९ वर्षीय बालाराम बाठा, सोही गाउँपालिका १ निवासी ३२ वर्षीय नोखलाल गिरी, सोही ठाउँ निवासी २९ वर्षीय नारायण वली, वडा नं. ५ निवासी २० वर्षीय विराज कंवर, वडा नं. ९ निवासी ३३ वर्षीय जोदबहादुर कंवर, ३७ वर्षीय पूर्ण बहादुर कंवर, वडा नं. १ निवासी ३१ वर्षीय गजेभान वली, ४३ वर्षीय कोच बहादुर वली रहेका छन् ।

यस्तै वडा नं. ९ निवासी ५५ वर्षीय परसरा भण्डारी, वडा नं. २ निवासी ५७ वर्षीय बल बहादुर बुढा, २१ वर्षीय सुरेश कंवर र वडा नं. ९ निवासी दुर्गा बहादुर कंवर पक्राउ परेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

७ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको