१२३९ जना संक्रमित थपिए, १३२४ संक्रमणमुक्त

फाइल तस्बीर

असोज ७, काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन्।

१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्।

यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन्। यस्तै काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा २४५ भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

७ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको