मगर संसारद्वारा कालू निवास हस्तान्तरण


असोज ८, नवलपुर । मगर संसारको संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा संसारद्वारा एडमिनहरूको सक्रियतामा आर्थिक संकलन गरि नवलपुर जिल्ला देवचुली -१७ निवासी बिपन्न गणेश दर्लामीमगर ‘कालु’ को घर हस्तान्तरण गरिएको छ । झराही बृक्षरोपण सामुदायिक बन उपभोक्ता समितिको अनुमतिमा असोज ३ गते संविधान दिवसको दिन पारी मगर संसार ग्रुप/पेजले एक कार्यक्रमको बीचमा शारीरिक अपांग समेत रहेका कालुको घर हस्तान्तरण गरिएको थियो । यो मगर संसारले हस्तान्तरण गरेको ८३ औं सहयोग थियो ।

मगर संसारका एडमिनहरूले सामूहिक रुपमा रिबन काटेर, घरको ढोकामा पूजा गरी आमन्त्रित अतिथिहरूको हातबाट ब्यानर फुकाली घरको घरको चापि कालुको हातमा हस्तांतरण गरिएको थियो । कार्यक्रम संचालन देवचुलीका समाजसेवी खुम सारू मगर, एडमिनबाट प्रिया र अजिसाले गर्नु भएको थियो भने कार्यक्रमको सभाध्यक्ष मुख्य अभियन्ता अनिल लामिछाने मगर बिदेश रहेकाले एडमिन शान्ति राना मगरले गर्नु भएको थियो । घर निर्माण कार्यको शुरुवात देखि अन्तिमसम्म बिशेष भूमिका निर्बाह गर्नुहुने शोभा मगर र चित्र मगरले उपस्थित सबैलाई घरको सम्पूर्ण जनकारी दिनु भएको थियो ।
बचत रहेको
नेपालमा रहेका नजिकका मगर संसारका नौ जना एडमिनहरुको उपस्थित रहेको थियो । जसमा शान्ति राना मगर, अमीर मगर, बिष्नु ढेंगा मगर, प्रिया राना मगर, अजिसा मगर(निर्मला), नबिना पुनमगर, जानकी मगर, प्रदीप घर्ती मगर, नीरु मास्की राना मगर हुनुहुन्थ्यो । त्यस्तै आमन्त्रित अतिथिहरु नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र ब.फाल मगर, नेपाल मगर संघ देवचुली नगर समितिका अध्यक्ष टुकलाल रुचाल मगर, झराही बृक्षा रोपण सामुदायिक बन उपभोक्ता समूह देवचुली १७ का अध्यक्ष शिवलाल सापकोटा, मगर संघ देवचुली नगर समितिका उपाध्यक्ष झबिन्द्र मास्की राना मगर, देवचुली १७ का वार्ड सदस्य तथा नगर पालिका कार्य सदस्य नव कुमारी गौतम, रहजर बौद्ध बिहार गुम्बा अध्यक्ष गंगा रोका मगर, गौरीपुर मगर समाज अध्यक्ष मोहन वाचे मगर, गौरीपुर टोल बिकास संस्था अध्यक्ष मना सि.वाचे मगर, नेपाल मगर संघ रूपनदेहीका निबर्तमान सह सचिव बिनोद थापा मगर हुनुहुन्थ्यो भने बिभिन्न मीडियाकर्मीहरु देवदह एफएमका समाचार दाता गोबिन्द घर्ती मगर, gurasonline. com का सम्पादक निर्मल एसपी मगर, news nepal का नीरू गौतमको उपस्थिति रहेको थियो ।

कालुको घर हस्तान्तरणसंगै बिभिन्न सामानहरु पनि हस्तान्तरण गरिएको थियो । ह्विल चियर १ थान, एउटा जिबिकोपार्जनको लागि बलियो कुख़ुराको दुई तले खोर र एक भाले र दुई पोथी लोकल कुख़ुरा, कुखुराको दाना, घरको लागि दुई सीलिंग फेन, बिजुली बत्ती, बिस्तारा/बेड ३ थान, दराज १ थान, तन्ना ३ थान, सिरानी ४ थान, सिरक ३ थान, टेबल १ थान, कुर्ची ४ थान, सिरक खोल, पर्दा, झूल, म्याट, किचन रेक १ थान, भाड़ाकूड़ाका सम्पूर्ण सामग्रीहरु, आवस्यक खाद्यान्न सम्पूर्ण सामाग्रीहरु उपलब्ध गराइएको थियो ।

कालुको घर निर्माण गर्न जम्मा ८ लाख ४९ हजार ७ सय ५० रुपैयाँ सहयोग उठेको थियो । जसमध्ये घर निर्माण र सरसामानमा जम्मा ६ लाख ४४ हजार ७ सय १६ रुपैंया खर्च भएको थियो । बचत बाँकी रहेको २ लाख ५ हजार ३५ रुपैंया कालुको वुवाको खातामा जम्मा गरिदिने मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले बताउनु भएको छ । मगर संसारका संस्थापक समेत रहेका अनिल लामिछाने मगरले यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएर सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिनुभएको छ ।

मगर संसारको एडमिनहरु मन मास्की रानामगर(पोखरा), शान्ति राना मगर(स्याङ्जा), मोनीका मगर्नी(पोखरा), प्रिया राना मगर(नवलपरासी), दिलु मगरनी(पाल्पा, रामपुर), पृथीछक बुढा मगर(पूर्व रुकुम), पवित्रा थापा मगर(पोखरा), युगेश पांमी मगर(धरान), राजेन्द्र राना मगर(सिन्धुपाल्चोक), बिष्णु ढेगा मगर(नवलपुर), अमीर मगर(रूपन्देखी, देवदह), टूगा राना मगर(पाल्पा), नबिना पुन मगर(रूपन्देही,देवदह), रमेश बुढा मगर(रोल्पा), प्रकाश मगर(रामेछाप), बिस्वास मगर(तनहूँ), एजिशा मगर्नी(नवलपरासी), प्रदीप घर्ती मगर(दाङ), जानकी मगर (बुटवल), नीरू मास्की राना मगर(स्याङ्जा), रन्जना थापा मगर(तनहूँ) हुनुहुन्छ ।

फोटो फिचर:

७ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको