अबुधाबी अलऐन जेलमा कार्यरत नेपालीहरूले मिर्गौला पिडितलाई सहयोग


असोज ७, युएई । बिगत २ वर्ष देखी इम्पेरीयल क्याटरिंग यूएई अबुधाबीमा काम गर्दागर्दै अचानक काभ्रेका सुरेस थिंग लामा बिरामी भए । उपचारको क्रममा काभ्रे जिल्ला बनखु गाउँपालीका वार्ड नं. ९ घर भएका लामाको दुबै मिर्गौल फेल भएको थाहा भयो । विगत ३ महीनादेखी सेहा किड्नी केयर युएईको अबुधाबीमा हप्तामा ३ चोटी डाईलोसीस गर्दै आइरहेका छन् । घरको आर्थिक अबस्था निकै कमजोरी रहेको र कम्पनीले पनि घर जाने टिकट मात्र दिने भएपछी अबुधाबी अलऐन जेलमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।

बिरामीको श्रीमती दुधमाया घलान लामाको नाममा ५२ हजार ४ सय ६५ रुपैयाँ सहयोग पथाइएको अभियान्ता ज्ञावत राना मगरले पोष्टपाटीलाई जानकारी दिनुभयो । पिडितको आर्थिक सहयोग संयोजक चन्द्र राना मगरले सहयोगी सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।

७ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको