जातियता र बर्गिय मुक्तीको प्रश्न


देबदत्त अवस्थी,
थर सोधेर घरभेटिले कोठा भाडामा दिने नदिने गौण कुरा हो मुख्य प्रश्न त राजनिती हो कुनैपनि राजनितिक पार्टीका उच्च जाति भन्नेहरुले दलित भन्नेलाई आफ्नो घरमा लैजान्छन कि लैजादैनन् सोध्नु परयो ॽ
थर नै परिवर्तन गरेर कोठा खोज्नु पर्ने बाध्यता के आई लाग्यो। संबिधानमा त राजाकै पालामा छुवाछूत मुक्त भई सकेको थियो ब्यबहारमा गणतन्त्र आउदापनि किन मुक्त हुन सकेन भन्नेकुराको प्रश्न तेर्सिएको छ हामीलाई । कागजमा मुक्ती भयो हाम्रो ब्यबहारमा भएन ।

यहाँ त जो कागजमा लेख्छ उहि उल्लंघन गर्छ، थर परिवर्तन गरेर किन डेरा खोज्छन त दलितहरुले। आफ्नो थरपर्ति किन यति धेरै बितिष्णा ।कोठा पाएको भए त खुसी नै हुने थियो त्यो बर्ग आरक्षेण पाएकै थियो समानुपातिक कोटामा संसद मन्त्री भएकै थिए । गैर दलितहरुले ७०बर्षमा सामाजिक सुरक्षा भत्ता पाउछन दलितहरुले ६०बर्षमा दिर्घकालिन असरलाई बुझेनन् समानुपातिकधारीहरुले यहाँ त ब्यक्तिको कुरा थियन बर्गको कुरा थियो । माक्र्सवादले पनि मुक्ती बर्गिय हुन्छ जातिय हुदैन भनेर प्रष्ट भनेको छ अपबादको रुपमा दुई चार जना दलितहरुले जस्तै۔ गोल्छे सार्कि, मिन ब बिस्वकर्मा अफिलाल ओखेडा आदि टाँठा बाँठा भएका हुनाले सत्ता र भत्ता पचाएका छन ।

यि दलितहरुलाई त काठमाण्डौमा डेरा खोज्न समश्या परेन। पर्यो त रुपा सुनार कामी लाई पर्यो। त्यसकारण ए दलितहरुका प्रतिनिधीहरु समयमा नै ख्याल गर हजार मइलको लामो बाटो एक पाइलाबाट सुरु हुन्छ।यस्ता समश्या सबैकालागी आउछन । यो ब्यवस्था रहुनजेल त तिमीहरु केन्दि्य सदश्य त हुनुहोला आरक्षेण हुन्जेल माननिय जनप्रतिनिधी हुनुहोला बाइदपि ब्यवस्थाकै अबसान भयो भने तिमीहरु भाग्न बाटो पाउने छैनौ त्यतिबेला हामी उत्पिडनमा परेका दलिएका दलितबर्गले भिरमा लड्ने गोरु जस्तै राम राम मात्र भन्न सकिन्छ ।

रुपा कामी त सम्पन्न परिवारको भएकाले र संचारकर्मी भएको हुनाले सामाजिक संजालमा आयो तर उस्तै नाम थर भएकि गाँउमा बस्ने रुपा सुनारको हालत त दयनिय छ । अब त अति भयो हेपिएका चेपिएका शोषित पिडित दलितहरुले जाग्नु पर्छ। निच भन्ने शब्दलाई परिभाषित गरेर दलित भन्नेमा पुर्यायर यसको ब्यज नखनु होला، वास्तविक मुक्ती चाहिएको छ हामीलाई छद्मभेषिय होइन। हाम्रो दिदी बहिनीहरु बिदेसी कोठीहरुमा घरेलु कामदारका रुपमा काम गर्ने बाताबरणको अन्त्य गर्न जरुरी छ ।

पछल्लो चरणमा नेपाली महिलाहरु भारतका हरेक कम्पनी मालिकको घरमा घरेलु कामदार (कपडा धुने भाँडाकुडा माझ्ने कोठा सफा गर्ने )का रुपमा पिडाहरु सहन बाध्य भएका छन नेपाली नारीहरु यो भन्दा दर्दनाक स्थिति के हुन सक्छ। त्यसकारण जातिय क्षेत्रिय लिंगिय भेगिय समश्या भन्दा प्रमुख समश्या बर्गिय नै हुन्छ बर्गिय समस्या सकेजति हल गरौ। आज रुपा सुनार भोली कसै अर्काको आउला त्यसैले नेपालका दलितहरुलाई नेपालका महिलाहरुलाई नेपालका आदिबासी जनजातिहरु मधेसीहरु तराईका राना थारुहरु सबैलाई समेटेर नेपालको बसोबास छोडेर युरोप अमेरिक लगाएत मुलुकमा बस्ने र लालपुर्जा मात्र लिएर बाँझो राखेको जमिनलाई सरकारी स्वमित्वमा लिएर कृषि योग्य जमिनलाई उपयोग गर्यो भने यहिँ हिरा फलाउन सकिन्छ।त्यस कारण राज्यले जातिय मुद्धामा अल्झिनु हुदैन ।

९ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको