मेरो देशको झण्डाको बेइज्जती नगर


  • सन्दर्भ घायल

ए मेरो देशका नागरिकहरु
नेपाली झन्डाको शिर उच्च बनाउ
सिँगान नपुछ यस झण्डाको बेइज्जती नगर
यसलाई कोट पाइन्टको खल्तीमा पनि नहाल
दरो गरी समाऊ
फररर फरफर फरहाराऊ
यसलाई चम्किलो बनाउ
अझ झन् झन् चम्किलो बनाऊ

झण्डा टिसर्ट होइन
जो लगाएर फाट्छ
झण्डा साडी र फरिया होइन
जो लगाएर मैलिन्छ
माटोमा झरेर बिग्रिन्छ
यसलाई कोठामा बन्द नगर
गाउँ बस्तीहरुमै लैजाऊ
बलियो खम्बा बनाएर फरफराउ
मन मनमै सजाऊ
माटोकै वास्ना सुँघाऊ
ए मेरो देशका नागरिकहरु

टिक्टकमा अनेक दुर्दशा नदेखाउ
अंग अंगमा नघिसार
साप्रा साप्रा नघोट
झण्डाको शानलाई किमार्थ नझुकाऊ

हिजो मैलो जस्तो लागे पनि
अब युवाले चम्काउनु पर्छ
यसमा माटोको महक छ
राष्ट्रियताको चहकिलो छ
नेपालीहरुको शिर उच्च छ
मुलुक बनाउन
मुलुक बचाउन
अहिले यही झण्डा बोक
न्याय
समानता
समृद्धि
शान्ति

एकता र नेपाली सोच र भावना छ
सबै अटाउन सक्छ
यस झण्डाको बेइज्जती नगर
नेपाली झन्डाको बेइज्जती नगर
ए मेरो देशको नागरिकहरु

 

९ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको