मगर संसार ग्रुपले कालुको परिवारलाई घर बनाई दिने अध्यक्ष अनिल लामिछाने मगरद्वारा जानकारी


सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ले नवलपुर जिल्ला देवचूली- १७ सातघरे बस्नुहुने शारीरिक अशक्त कालु परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

मगर संसारका संस्थापक/अध्यक्ष /अभियन्ता अनिल लामिछाने मगर ज्यूको बिशेष सक्रियतामा मगर संसार ग्रुप/पेजद्वारा शारिरिक अशक्त “कालु र आमा को लागि सहयोग गर्ने उद्देश्यले मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र संचालन गरेको “कालू र आमा सहयोगार्थ अभियान २०७८” मा संकलन भएको रकमले कालू परिवारको लागि घर निर्माण गरीदिने भएको छ। घर निर्माणको लागि वार्ड अध्यक्ष र सामुदायिक बन समिति सँग अनुमति पाइसकेको छ ।

कालु परिवार नवलपुर जिल्ला देवचूली १७ झराही बृक्षा रोपन सामुदायिक समितिले बनाई दिएको घरमा बस्दै आइरहेको छ । कालू परिवार बस्दै आएको घर,सानो ,जीर्ण बन्दै गरेको र बर्षायाममा समस्या पर्ने र किचन अन्य बिजुली खाने पानी लगायतको समस्या रहेकाले त्यहि घर लाई पुनर्निर्माण गरि 2 कोठे,कीचन सहितको प्लास्टर गरी तिनले बनाई दिने अध्यक्ष अनिल ले हामीलाई जानकारी दिनु भएको छ ।

घर निर्माण गर्न त्यो ठाउमा मगर संसार(Magar Sansar) Photo Gallery का कुनै पनि एडमिन नजिक नभएकाले त्यो सम्पूर्ण घर निर्माण र रेखदेख हेरचाह गर्ने जिम्मा भने मगर संसारका सक्रिय सदस्य तथा समाजसेवि देवचूलीकी सोभा मस्राङ्गी लुंगेली मगर र चित्र मगर लाई जिम्मा दिएको र घर निर्माणको काम ठेकेदार र बर्षाले समस्या नपारेमा असार को दोस्रो हप्ता देखी सुरु हुन सक्ने जानकारी गर्नुभएको छ । सहयोग अभियानमा मगर संसार Photo Gallery का सम्पूर्ण एडमीनहरु सक्रियताको साथ लागि परेको छ ।

“भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले २०७४ सालमा स्थापित अनलाइन ग्रुप मगर संसार Photo Gallery ले मगर समुदाय भित्र आउने दिन, दुखी, गरीब बिरामिहरुलाई सहयोग गर्दै आइरहेको छ ।

समाजिक सञ्जाल फेसबुकमा २०७८ जेष्ठ महिनाको दोस्रो साता मगर संसार ग्रुप भित्र सहयोगको लागि अपिल गरेको भिडियो देखेपछि मगर संसारका संथापक अनिल लामिछाने मगर ज्यूले उक्त भिडियोमा देखिएको कालु (गणेश दर्लामी मगर) र उहाँको आमाको अवस्था देखेर सहयोग अभियान संचालन गरेको थियो ।

९ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको