आस्थाका बन्दीहरुले बाजुरा कारागारभित्रै मनाए लेलिन जयन्ति

फाइल तस्बिर

बैशाख १०, बाजुरा । नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताले बाजुरा कारागार भित्रै लेलिन जयन्ति मनाएका छन् ।

विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आस्थाका बन्दीहरुले विहिबार शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका हुन् ।

लेनिनको सम्झना गर्दै कार्यक्रमका प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले लेलिनको विचार, सिद्दान्त, राजनीति र समाजवादी क्रान्तिको सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई ठुलो योगदान पुर्याएको बताएका छन् ।

आदर्शले भने- ‘माक्सवादको आधारभूत सिद्दान्तमा टेकेर लेलिनले लेलिनबादको विकास गर्नुभयो र माक्सवाद र लेलिनबादको आधारभूत सिद्दान्तमा टेकेर चीनमा क. माओले दिर्घकालिन जनयुद्दबाट सत्ता प्राप्त गर्नुभयो, यसरी नै माक्सवाद, लेनिनबाद र माओबादको एकपछि अर्को विकास भयो ।’,

उनले २००६ सालमा २२ अप्रिलको अवसरमा पुष्पलाल लगायत ४ जनाले नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरेको स्मरण गरे । उनले लेलिनको जन्मदिन र नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दिनले विश्व कम्युनिष्ट आन्दोलनलाई उर्जा दिएको बताउदै देशैभरिका राजबन्दी, अरु बन्दीहरु र नेपाली जनता तथा विश्वभरिका सचेत जनसमुदायहरुलाई लेलिनबाट सिक्न र जनताको मुक्ति ल्याउन आग्रह समेत गरे ।

नेपालमा नेपाल कम्युनिष्ट पार्टीले अबलम्बन गरेको एकीकृत जनक्रान्तिले पनि मालेमावादको स्प्रिटलाई पकडेको भन्दै नेता आदर्शले भने- ‘हाम्रो पार्टीका माहासचिव क. विप्लवले देखेको सपना, विचार, सिद्दान्त, योजना, व्यवाहारिक पक्ष स्पष्ट र सफल अवश्य छ, अन्याय, अत्याचार, भ्रष्टाचार र असमानताको विरूद्दमा हाम्रो पार्टी सधै निरन्तर लडिरहन्छ ।’,

उनले विश्वमै पहिलोपटक महिला र मजदुरले पनि मत दिन पाउने अधिकारको व्यवस्था लेनिनले गरेको बताए । ‘यो सबै कम्युनिष्ट आन्दोलनको देन हो, अब सबै नेपाली जनता नेपाल कम्युनिष्ट पार्टीमा लाम्बद्द हुनुको विकल्प छैन’, उनले भने ।

कार्यक्रममा स्वागत मन्तव्य गर्दै अम्मलाल थापा ‘आशिष’ले १५२ औँ लेलिन जयन्ति र ७३ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको सबैलाई शुभकामना दिंदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले लेलिनले देखाएको बाटोलाई सधै आत्मसात गर्दै नेपाल कम्युनिष्ट पार्टीले अबलम्बन गरेको एकीकृत जनक्रान्तिमा लागिरहने प्रतिबद्दता व्यक्त गरे ।

आशिषले एक अर्को फरक प्रशंगमा पुर्व मेचीदेखि पशिचम महाकालीसम्म जोड्ने राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग रोल्पाको जिनाबाङबाट ६० किलोमिटर उत्तर मोडी पुर्वदेखि पशिचम महाकालीसम्मका ३ करोड जनतालाई अन्याय गरेको प्रष्ट देखिएको बताएका छन् ।

उनले भने- ‘रोल्पाका संघिय सांसद बर्षमान पुन, सल्यानका संघिय सांसद टेक बहादुर बस्नेत र सल्यानकै सांसद प्रकाश ज्वालाको मिलोमतोमा यो घृणित कार्य भएको छ, यसको हामी भत्सना गर्दछौ, यसलाई तुरुन्त सच्याईयोस,यदि सच्याउने काम भएन भने पुर्वदेखि पशिचमका सम्पूर्ण जनताले दोषीलाई कडा कारवाही गर्नेछन, हेक्का राखून ।’,

‘म बन्दी जीवन बिताईरहेपनि मदन भण्डारी राजमार्गबारे केहि बुझ्ने अवसर पाए, विशेष गरि रोल्पाली जनतालाई केहि पहुँचमा भएका नेताहरुले अन्याय गरेको प्रष्ट देखियो, राज्यको लगानीलाई चरम दुरुपयोग गरेको देखियो, जनयुद्दबाट नेता भएका नेताले नै युद्दकालमा ध्वस्त भएको गाउँ “नमुना बस्ती”लाई बाईपास गरेर पद र पावरको दुरुपयोग गरेका छन्, यस्तो कार्य नेपाली जनतालाई सह्य हुनसक्दैन’, उनले भने ।

प्रमुख अथिति चुडामणि ओली ‘आदर्श’ रहेको उक्त कार्यक्रममा अथितिहरु लक्ष्मण रावल र कुमार गिरि रहेका थिए । स्वागत मन्तव्य अम्मलाल थापा ‘आशिष’ले गरेका थिए भने उदय कसेरा ‘उदय’, कृष्णबहादुर विक ‘सुर्य’, राजेश शाही ‘आकाश’, नरेश शाही ‘शिशिर’, डबल बहादुर नेपाली ‘दमन’ र सुरेन्द्र बब्लीलगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालक गोरख राज गिरिले गरेका थिए भने कार्यक्रमको अध्यक्षता धर्मराज सुनार ‘धर्मेन्द्र’ले गरेका थिए ।

१० बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको