दाङमा अर्को यात्रुबहाक बस दुर्घटना, १६ जना घाईते

फाइल तस्बिर

चैत १०, दाङ । दाङमा स्कुल बस दुर्घटना भएको केहि घण्टा पछि फेरी अर्को यात्रु बाहक बस दुर्घटनामा परेको छ ।

लक्ष्मीपुर नजिकै मंगलवार विहान साढे ११ बजे यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानेको छ । रामपुर देखी घोराहीतर्फ आउदै गरेको रा १ ख २१५६ नम्वरको यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

बस दर्घुटना हुदा १६ जना यात्रु घाईते भएका छन् । घाईतेहरुको अवस्थामा सामान्य देखी मध्यम खालको रहेको प्रहरीले जनाएको छ । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण साघुरो बाटो र तिव्र गति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी रिजालले जानकारी दिए ।

यता तुलसीपुरमा ज्ञानज्योती कलेजको बिद्यार्थी सवार बस मंगलवार बिहान साढे पाँच बजे दुर्घटना हुदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने २९ जना विद्यार्थी घाईते भएका छन् ।

१० चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको