जनप्रिय समाज सेवा संस्थाले विभिन्न कार्यक्रम गरि ११औँ वार्षिकोत्सव मनायो [फोटोफिचर]


चैत १०, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका ७ मा रहेको जनप्रिय समाज सेवा संस्थाले विभिन्न कार्यक्रम गरि ११औँ बार्षिक उत्सव मनाएको छ । शुक्राबार ६ गतेदेखि लाखुरीचौरमा सुरु भएको कार्यक्रम तीनदिनसम्म चलेर सोमबार ९ गते सम्पन्न भएको हो ।

कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल, आमासमूह स्तरीय प्रतियोगिता, प्रावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र खुल्ला लोकदोहोरी प्रतियोगितासहितका क्रायक्रमहरु आयोजना गरिएको थियो ।

परिवर्तन गाउँपालिकाको नव दुर्गा युवा क्लबले पुरुष भलिबल र महिला भलिबलमा प्रथम स्थान ओगट्न सफल भएको छ । पुरुषतर्फ दोश्रोमा जिवन ज्योति मावि गंगादेव ६ रांक भएको छ भने महिलातर्फ जनप्रिय समाज सेवा संस्था विजयी भएको छ ।

यस्तै तेस्रो र चौथोमा क्रमश पुरुष तर्फ सनराइज युवा क्लव गंगादेव ७ रांक डाँडा र बराह क्षेत्र युवा क्लव माडी ४ भएको छ भने महिलातर्फ जीवन ज्योति मावि गंगादेव ६ रांक र पृथीविनारायण मावि गंगादेव ७ जयाचौर विजयी भएका छन् ।

पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि क्रमश १५ हजार, १२ हजार, ९ हजार र ४  हजार रहेको थियो भने महिला भलिबलमा १० हजार, ८ हजार, ५ हजार र २ हजार ५०० रुपैंया रहेको थियो ।

यस्तै आमा समूह तर्फ क्रमश प्रथम लालीगुराँस आमासमुह गंगादेव ७ जायाचौरले नगद पुरस्कार ३ हजार, दोश्रोमा नमुना आमा समूह गंगादेव ७ जायाचौरले २ हजार र तेश्रोमा परिवर्तनशिल आमा समूह गंगादेव ७ जायाखोलाले १ हजार जितेको छ ।

यसैगरी प्राविस्तरिय हाजिर जवाफ प्रतियोगितामा पृथ्वीनारायण मावि गंगादेव ७ ले प्रथम स्थान हासिल गर्दै नगत पुरस्कार ३ हजार जित्न सफल भएको छ भने नेपाल रास्ट्रीय प्रावि गंगादेव ७ लाखुरीचौरले २ हजार नगद पुरस्कार जितेर दोस्रो स्थान हासिल गरेको छ । यस्तै जनप्रेम आधारभूत विद्यालय सल्लिचौरले तेस्रो स्थान हासिल गर्दै १ हजार नगत पुरस्कार प्राप्प्त गरेको छ ।

एकल नृत्य प्रतियोगितामा परिवर्तन गाउँपालिकाकि मन कुमारी बुढाले नगद १५०० पुरस्कार जितेर प्रथम स्थान, आयोजकको तर्फबाट दोश्रो स्थानमा पानकुमारी घर्ति १ हजार र तेस्रोमा परिवर्तन गाउँपालिकाकी सुनिता बुढामगरले ५ सय जितेकी छन ।

खुल्ला लोकदोहोरी प्रतियोगिता आयोजकले नै २५ सय नगत पुरस्कार जितेर प्रथम स्थान हासिल गरेको छ भने दोश्रोमा पृथ्वीनारायण माविले १ हजार ५ सय र तेश्रोमा ओसिस युवा क्लव गंगादेव ७ ले १ हजार जितेको छ ।

विजेता सबैलाई नगत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रममा आर्थिक भौतिक सहयोग गर्ने सबैलाई सम्मान पत्र वितरण गरिएको थियो । कार्यक्रम समापनको प्रमुख अथिति नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा गंगादेव गाउँपालिका अध्यक्ष रोशन कुमार ओली रहेका थिए भने विशिष्ट अथिति नेकपा माओबादी केन्द्रका प्रतिनिधि विजय घर्ति रहेका थिए । यस्तै कार्यक्रमको संचालन नवराज पुनमगरले गरेका थिए ।

जनप्रिय समाज सेवा संस्थाको स्थापना २०६६ सालमा भएको थियो । संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्यक बर्ष विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ । यस संस्थाको अध्यक्षमा देव राज ओली रहेका छन् भने संस्थामा ११ सदस्य कार्यसमिति रहेको भने संस्थाको सल्लाकारमा ५ जना रहेका छन् । हालसम्म संस्थाका जम्मा साधारण सदस्य संख्या ६५ जनाको रहेको छ ।

 

तस्बिर: पोष्टपाटी

१० चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको