चैत्र १०, दाङ । दाङ तुलसीपुरको सरैयाडाडाँको चोमा स्कुल बस पल्टिदा २ जनाको मृत्यु भएको छ ।
तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर आउँदै गरेको ज्ञानज्योति कलेजको रा१क ४३३ नम्बरको बस सरैयाडाडाँको चोमा बिहान ५ बजे ब्रेक फेल भएर पल्टिएको हो ।
दुर्घटनामा तुलसीपुर १६ निबासी अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अस्मिताको घटनास्थलमै र किरणको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । स्कुलबस ११ /१२ कक्षामा पढ्ने विद्यार्थी ल्याउन गएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस