छोरी


ऋतु मोक्तान ।
छोरी तिम्रो जिन्दगीको भागदौडको चाबी तिमिसँगै छ त्यसैले आफ्नो निर्णय आफै गर्न सक्छौ । तिमी अहिले जुन ठाउँमा उभिएर संसार हेरिरहेको छौँ, त्यो अत्यन्तै कठिनाइपूर्ण छ । हो त्यहि भएर त्यो नै मेरो लागि महान हो । छोरी तिमी मेरो आदर्श हौ । साच्चैभन्दा तिमीले नै मलाई दोस्रो जीवन दिएकी हौँ तिमी वास्तवमा सच्चा, इमानदार, चरित्रवान, सुशील र सुन्दरी छोरी हौ ।

तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अब म के गरौँ ? तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई । आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देऊ ।

छोरी म तिमीलाइ माया गर्दिनजस्तो तिमीलाई लाग्छ भने, भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ ?

मलाई नेपाल छोडेर बिदेश जान बाध्यता थियो । सबै समस्याको समाधान होला र तिम्रो भबिस्य बन्छ कि भनेर आएको हुँ ।

दुःख पक्कै पनि छ । हो जुन पीडा मलाई परेको छ त्यही पीडा भुल्न अनि एउटा सुन्दर भविष्य निर्माण गर्नका लागि मात्र मैले यस्तो गर्न खोजेको हुँ । म तिमीलाई बुज्छु, तिम्रो पीडा भनेको नै मेरो पीडा हो यहि कुराले हरपल यो मन रुन्छ । तिम्रो सम्झनामा हामीले बिताएको यो दुई बर्ष पलहरू मेरो आँखा अगाडि नै घुमिरहेको छ । तिमी जहाँ छै जहाँ भए पनि म त्यहि तिम्रो वरिपरि रहनेछन् तिम्रो आमा।। मेरो पूरा जीवन तिम्रो नाममा समर्पित गर्नेछु छोरी ।।छोरी तिम्रो अनुपस्थितिमा मेरो दोस्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि ‘म तिमीलाई धेरै माया गर्छु आत्मिक माया, हार्दिक माया’ आमा र छोरी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनीसम्म पनि रहिरहनेछ ।
त्यसैले त … छोरी तिमीविनाको जीवन मेरो संसार शून्य र अँध्यारो लाग्छ । तिमीलाई 3बर्षा नदेख्दा म साह्रै दुःखी छु। म भन्दैछु मेरी छोरी हृदयको धडकन … तिम्रो सम्झनमा मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अब तिमी नै भन छोरि म के गरौँ ? जे होस् तिमीलाई आफ्नो सम्पूर्ण जीवन सम्झेको छु र आफुले आफुलाई तिमीप्रति समर्पित र आशीर्वाद सधैको लागि छ मेरो । तिमीले तर, मलाई यस्तो लाग्दैछ की तिमी त्यति निष्ठुरी बन्ने छैनौँ र मलाई भुल्ने छैनाँै । तिमीले मेरो पिडा र बाध्यतालाई बुझ्नेछौँ किनकी तिम्रो हृदय पत्थरझैँ कठोर अवश्य छैन छोरी ।।

।छोरी तिम्रो अनुपस्थितिमा मेरो दोस्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि ‘म तिमीलाई धेरै माया गर्छु आत्मिक माया, हार्दिक माया’ हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनीसम्म पनि रहिरहनेछ छोरी ।

त्यसैले त … तिमीविनाको जीवन मेरो संसार शून्य र अँध्यारो लाग्छ छोरी । तिमीलाई नदेखेको तिनबर्षा भयो म साह्रै दुःखी छु । म भन्दैछु मेरीछोरि हृदयको धडकन … । तिम्रो सम्झन र साथको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अब तिमी नै भन छोरी म के गरौँ ? छोरी तिमीलाई आफ्नो सम्पूर्ण जीवन सम्झेको छु र आफुले आफुलाई तिमीप्रति समर्पित गरेको छु । । तर, मलाई यस्तो लाग्दैछ की छोरी तिमी त्यति निष्ठुरी बन्ने छैनौँ र तिमिलाइ छोडेर टाडा सात समुन्द्र जाने छैन । तिमीले मेरो पिडा र बाध्यतालाई बुझ्नेछौँ किनकी तिम्रो हृदय पत्थरझैँ कठोर अवश्य छैन छोरी ।

। सपना कल्पनामा होइन यो वास्तविकतामा हुनुपर्छ काल्पनिक सपनाको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुंग हुन सक्छ । किनकी जिन्दगी संघर्षको अर्को नाम हो छोरी । जिन्दगीका पानाभरी संघर्षै संघर्ष लुकेको हुन्छ र दुःख पनि छोरि । आज तिमी मबाट टाडा छ धनसम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि गरिब बन्न पनि सक्छ छोरी । छोरी , प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ, हरेक सजीव र निर्जीव वस्तुहरू गतिशील छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरूलाई मार्दासमेत रुँदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न म त्यही संसारमा मीठा सपनाका कल्पना बुनेर बसेको छु मात्र तिम्रोलागि छोरी ।

छोरी वास्तविकतामा प्रेम मीठो अनुभूति हो । छोरी प्रेम अन्तरहृदयबाट आफैँ प्रस्फुटन भएर आउने भावना हो छोरी ।

छोरी मेरो मान्यता छ, मलाई लाग्छ कि ‘आमाले दिएको प्रेम, माया करौडाँै स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिँदैन। त्यसैले छोरी तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस भएको छ ।’ छोरी मेरो माया समुद्रभन्दा गहिरो छ, आका
। खोइ किन किन आज तिम्रो याद आयो छोरी । मन कुटुक्क खायो । अनि यी शब्द नलेखी मनै थाम्न सकिन । यतिका वर्ष कतै तिमी भेट्न पाइन्छ भनी पर्खी बसेँ ।

सपनीमै भए पनि एकपटक तिम्रो बोली सुन्न पाए हुन्थ्यो छोरी । एक पटक देख्न पाए मात्रै पनि यति मन आत्तिदैंन थियो होला । धेरै भयो हिजोआज सपनामा पनि तिमीलाई देख्न नपाएको । कतै सञ्चो छैन कि भन्ने पीर पनि लाग्छ छोरी ।

१० माघ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको