दाङबाट रोल्पाको गंगादेवका लागि छुटेको ट्याक्सी पल्टियो


असोज ६, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ ।

दाङको तुलसीपुरबाट गंगादेव गाउँपालिका ४ म्वालेखला लागि छुटेको राप्ती जनता प्रालिको लु १ ज ११६८ नम्बरको ट्याक्सी बुधबार साँझ करिव ७ बजेको समयमा म्वालेखला नजिक थापा चोकमा दुर्घटना भएको हो ।

घटनास्थल नजिकै रूख भएकाले ट्याक्सी अड्किएपछि ट्याक्सीमा सावार १० जना यात्रुहरूलाई सामान्य चोटपटक बाहेक मानवीय क्षति नभएको ट्याक्सीमा सवार गंगादेव ४ का स्थानीय प्रेम प्रकाश थापाले जानकारी दिए ।

थापाले भने- ‘हामी दाङबाट आउदा १४ जना यात्री थियौ, तर ४ जना यात्रु विच बाटोमै झरे, दूई जना झ्याम बजार र दुई जना कुईनेटामा झरे, त्यसपछि दुर्घटना हुँदा हामी १० जना यात्रु सवार थियौ ।’,

उनका अनुसार सडकको घारितिर खाल्डो भएकोले चालकले छेउतिरबाट ट्याक्सी लिन खोज्दा पानीले भिजेको सडकको छेउ भासिएर पल्टिएको थियो । ट्याक्सी सडकबाट करिव १० मिटर तल खसेको छ ।

दुर्घटनास्थलमा सिमखोला प्रहरी चौकीको टोली आएर अनुगमन गरेको थापाले जानकारी दिए ।

६ आश्विन २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको